काठमाडौँ  : सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी निरीक्षक र सहायक निरीक्षक गरी दुई पदमा जम्मा २९७ जनाका लागि दरखास्त आह्वान गरेको छ ।

सशस्त्र प्रहरीको भर्ना तथा छनौट शाखाले बुधबार प्रकाशित गरेको सूचनाअनुसार निरीक्षक पदमा ५८ र सहायक निरीक्षक पदमा २३९ जना माग गरिएको छ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले बुधबारदेखि पुस १७ गतेभित्र दरखास्त दिन सक्ने जनाइएको छ ।