झापा: झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्व पश्चिम राजमार्गबाट ३ जना लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन ।

बिहिवार साँझ ७ बजे ईलाका प्रहरी कार्यालय अनारमनिबाट गस्तीमा खटिएको प्रहरी टोलीले १ युवती सहित ३ जनालाई १२ ग्राम ७ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बिर्तामोड बस्ने २१ बर्षीय राजकुमार राजवंशी, ईलाम घर भएका १९ बर्षीय समिर महत र काठमाण्डौ सिनामंगलकी १८ बर्षीया पुजा शंकर रहेकी छिन ।

मे १ ह २४३० नम्वरको अटोरिक्सामा सवार गरी आएका तिनै जनालाई चेकजाँच गर्ने क्रममा सोही अटोका चालक समेत रहेका राजकुमार राजवंशीको साथबाट १२ ग्राम ब्राउनसुगर, १० पिस तचभभमय िट्याब्लेट, नगद ५९ हजार ६ सय रुपैयाँ र पुजाको साथबाट ७ सय मिलिग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको उक्त कार्यालयले जनाएको छ । पक्राउ परेका समिर महत भने उनिहरुको सहयोगी रहेको खुल्न आएको छ । नियन्त्रणमा लिईएको अटो र पक्राउ परेका तिनै जना माथि थप अनुन्सधान भईरहेको सो कार्यालयले जनाएको छ ।