सुनसरीः आफ्नै महिला अनुयायीमाथि बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत सुनसरीले उनलाई शुक्रबार अनुसन्धानको लागि ७ दिन म्याद थप गर्न अनुमति दिएको हो । यसअघि ४ दिनको म्याद सकिएपछि प्रहरीले उनलाई शुक्रबार म्याद थप गर्न अदालतमा लगेको थियो । बलात्कारको आरोपमा मुद्दा दर्ता भएपछि गिरी हृदयघात भएको भन्दै विराट नर्सिंग होममा उपचार गराइरहेका छन् ।

केही दिनअघि पनि उनी अस्पतालको आइसियुमा थिए । प्रहरीले उनलाई मंसिर १६ गते आइसियु कक्षबाट नै नियन्त्रणमा लिएर अदालतमा लगेको थियो । बलात्कृत भनिएकी महिलाले कार्तिक ४ गते नै उजुरी दिएकी थिइन् । उजुरी लामो आलटाल पछि मात्र प्रहरीले दर्ता गरेको हो ।