इटहरी: इटहरीमा भीषण आगलागी भएको छ । इटहरीको मुख्य चौकमा रहेको सूर्य कम्प्लेक्समा रहेको बिग बारमा आगलागी भएको हो ।

राती १ बजेको समयमा आगोको मुस्लो देखिएपछि ९ वटा दमकलको सहायतामा आगो नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । उनका अनुसार इटहरी, धरानको २ वटा, विरानगर, दमक, सप्तरी, दुहवी, महेन्द्रगर र सुन्दरहरैचा गरि ९ वटा दमकल सँगै प्रहरी, नेपाली सेनाको सहायताको आगो नियन्त्रणमा आएको हो । बन्द रहेको बिग बार रेष्टुरेण्टमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । आगलागीको क्षती र कारणबारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।