इटहरी : इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसका ६ विद्यार्थी नेताहरू पक्राउ परेका छन् ।

क्याम्पसको शैक्षिक गितिविध विग्रिने गरी कार्यक्रम सत्र्चालन गरेको भन्दै विरोध जनाएपछि विद्यार्थी नेताहरू सहदेव काफ्ले, किरण बिष्ट, सागर धमला, संगीत सन्तोष, सोमनाथ घिमिरे र प्रविण दाहाललाई प्रहरीले पक्राउ गरेको हो । क्याम्पसको जग्गामा विद्यार्थीको पठनपाठनलाई प्रभावित हुने गरी कार्यक्रम सञ्चालन गर्न दिएको भन्दै विरोध जनाएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जनता क्याम्पसको मैदानमा आईतबार क्रिश्चियनहरुको कार्यक्रम सञ्चालन भएको थियो । उक्त कार्यक्रमले विद्यार्थीको पठन पाठनमा अवरोध गरेको भन्दै विद्यार्थी नेतारुले विरोध जनाएका थिए । ईलाका प्रहरी कार्यालय इटहरीका डीएसपी धर्मराज भण्डारीका अनुसार उनीहरुलाई पाँच घण्टा नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि छाडिएको जानकारी दिए ।