काठमाडौं : नेपाली युवालाई रोजगारीको अवसर दिन जापान फाउन्डेसनले लिएको भाषा परीक्षामा नेपालको नतिजा सहभागी पाँच राष्ट्रमध्ये सबैभन्दा कमजोर देखिएको छ ।

गत कात्तिकमा लिइएको आधारभूत जापानी भाषा परीक्षामा एकै समूहमा परीक्षा दिएका मंगोलिया, इन्डोनेसिया, कम्बोडिया र फिलिपिन्सपछि सबैभन्दा कमजोर नतिजा नेपालको देखिएको हो ।

जापान फाउन्डेसनले प्रकाशित गरेको नतिजामा नेपालबाट ४९७ जनाले परीक्षा दिएकोमा ५६ जनामात्र उत्तीर्ण भएका छन् । सबैभन्दा बढी मंगोलियाबाट ६१ र नेपालबाट ११ प्रतिशतमात्र उत्तीर्ण भएका फाउन्डेसनले जनाएको छ । -कारोबार दैनिकबाट