काठमाडौं : बालुवाटारस्थित प्रधानमन्त्रीनिवास भत्काएर नयाँ भवन बन्दै छ । तर, करिब २० प्रतिशत काम पूरा हुँदासमेत नक्सापास भएको छैन् । प्रधानमन्त्रीनिवास मात्रै होइन, सिंहदरबारमा संसद भवन र भैंसेपाटीमा मन्त्रीनिवास पनि नक्सापास नगरी बन्दै छन् ।

प्रधानमन्त्री स्वयंमले शिलान्यास गरेको भन्दै ठेकेदारले तीव्र गतिमा काम गरिरहेका छन् । बालुवाटारको दुई रोपनी जग्गामा ४० करोड लगानीमा प्रधानमन्त्रीनिवास बन्दै छ । सिंहदरबारको पुतली बगैचामा १७३ रोपनी ८ आनामा ६ अर्ब ९२ करोड लगानीमा मन्त्रीनिवास पनि बन्दै छ । भैंसेपाटीमा मन्त्रीबाहेक प्रदेश प्रमुख र मुखयमन्त्री पनि बस्नेछन् ।

यसरी कुल आठ अर्ब २९ करोड ११ लाख लागतमा बन्दै गरेका यी भवनको नक्सापास त भएको छैन नै, वातावरणीय प्रभाव मूल्याकंन (इआइए) समेत भएको छैन् । भिभिआईपी संरचनाको नक्सापास र इआइए नभएको सहरी विकास तथा भवन निर्माण विभागको निर्माण आयोजना प्रमुख प्रकृण तुलाधरले बताए । -नयाँपत्रिका दैनिकबाट