धरान: धनुषामा बम विष्फोटमा परी घाइते भएका तीन जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शल्यक्रिया गरिएको छ ।

विष्फोटमा परी घाइते भएका प्रहरी जवान रिजन महतो, २१ वर्षीया अञ्जलीकुमारी साह र १४ वर्षीय प्रेमकुमार साहको शल्यक्रिया गरिएको हो। घाइते मध्ये प्रहरी जवान महतोको अवस्था गम्भीर रहेको प्रतिष्ठानका चिकित्सकहरुले जानकारी दिएका छन् । विष्फोटमा परी घाइते भएकाहरुको टाउको, पेट र खुट्टामा पनि गम्भीर चोट लागेको छ ।

गएराति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारस्थित राजेश साहको घरमा बम विस्फोट भएको थियो । विष्फोटमा परी साहसँगै उनका १६ बर्षीय छोरा आनन्द र प्रहरी निरीक्षक अमिरकुमार दाहालको मृत्यु भएको थियो । मृतक प्रहरी निरीक्षक दाहालको शव परिवारको जिम्मा लगाउन आजै धरानबाट काठमाण्डौं लगिएको छ । उनको उपचारको क्रममा धरानमा मृत्यु भएको थियो । तस्बिर स्रोतः अन्नपुर्ण