खोटाङ : खोटाङको रावाबेशि गाउपालिका ४ रमितेभिर स्थित भित्रि सडक खण्डमा बोलेरो सडकबाट तल खस्दा १ जनाको मृत्यु भएको छ ।

आज दिउँसो साढे ३ बजेको समयमा डुम्रेधारापानिबाट रावाखोला तर्फ जादै गरेको ना १ ज ३७४७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट अंदाजी १५ सय मिटर तल खसेर दुर्घटना भएको थियो । घटनाको बारेमा प्रहरी चौकी डुम्रेधारापानीमा जानकारी हुनासाथ घटनास्थलमा खटिएको प्रहरीको टोलीले बोलेरो चालक सल्यान जिल्ला सारदा नगरपालिका ११ बस्ने २६ वर्षीय राम बहादुर कुवर गम्भिर घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल खोटाङ पठाएको थियो । दुर्घटनामा परेर बोलेरोमा सवार खोटाङको रावाबेशि गाऊपालिका ४ गुहेले बस्ने ४० वर्षीय रमेश अधिकारीको घटनास्थल मै मृत्यु भएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कको प्रहरी टोली पुगेर आवश्यक कानूनी प्रकृया गरीरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।