काठमाडौं : सुडानको एक अदालतले सुडानका पूर्व राष्ट्रपति ओमार अल बसिरलाई दुई वर्ष नजरबन्दमा राखिने भएको छ ।

सुडानमा आन्दोलन चर्केपछि सेनाले पदच्युत गरेका बसिरलाई अदालतको आदेशमा सुविधासहितको सुधारगृहमा राखिने भएको छ । आफनो कार्यकालमा पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको र भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोपमा बसिर दोषी ठहर भएका थिए ।

सुडानको कानुन अनुसार ७० वर्ष काटेका कुनै पनि नागरिकलाई जेल सजाय दिन नमिल्ने भएका कारण उनलाई सुधारगृहमा नै नजरबन्दमा राखिने भएको हो । सुडानमा गत वर्ष राष्ट्रपतिविरुद्ध भएको आन्दोलनका क्रममा बसिरले प्रदर्शन दबाउन प्रदर्शनकारीहरुमाथि गोली प्रहार गर्न सम्मको आदेश दिएको समाचारमा जनाइएको छ ।

जसका कारण उनीमाथि निर्दोष व्यक्तिको हत्याविरुद्ध अर्को मुद्दा पनि परेको छ । यही मुद्दाको सुनुवाई पछि हुने पैmसलापछि मात्रै नजरबन्दको सजाय सुरु हुनेछ । बसिरलाई गत अप्रिलमा पदच्युत गरिएको थियो ।