पथरी : भोगचलन गर्दै आएको जग्गा किनबेचका लागी जग्गा दलाल आएको भन्दै पथरी शनिश्चरे ३ किरातीचौकका स्थानियबासीले केहि व्याक्तिलाई नियन्त्रणमा लिएर हिजो शनिबार दिनभर बन्धक बनाएका छन् ।

वारा वडिगल्लीका विवेक जैसवाल, दिपक काफ्ले, माधव लामिछाने र राजेश जैसवाललाई स्थानीयबासीले नियन्त्रणमा लिएका हुन् । शनिवार विहान भारतिय नम्वर प्लेटको कारमा आएका ५ जनाको समुहलाई स्थानियवासीले नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिएका मध्ये एक जना फरार भएका छन् । नियन्त्रणमा लिने क्रममा उनीहरुलाई कुटपिट पनि भएको थियो । स्थानीयवासीले उनीहरुलाई नियन्त्रणमा लिएर किराती चौकमा निर्माण गरिएको अस्थाइ प्रहरी पोष्टमा लगेर थुनेका थिए । किराती चौकमा प्रहरी पोष्ट निर्माण गरिए पनि त्यहाँ प्रहरी भने बसेका छैनन् ।

उक्त प्रहरी पोष्टलाई स्थानियवासीले भुमाफिया वन्दीगृह नामाकरण गरेका छन् । यस अघि पनि २ पटक ४ जनालाई स्थानियवासीले नियन्त्रणमा लिएर थुनेका थिए । उनीहरुले झापाका भरत भट्टराईलाई २ महिना अघि नियन्त्रणमा लिएर पहिलो भुमाफिया कैदी घोषणा गरेका थिए । स्थानीयबासीले पटक पटक सुकुम्बासीको क्षेत्रमा नक्कली पुर्जा लिएर किनबेच गर्न आउने भुमाफीया भन्दै उनीहरुले थुन्ने गरेका छन ।

पथरीशनिश्चरे ३ र ७ मा रहेको जग्गा देखाउदै गरेको अवस्थामा हाल भोगचलन गरीरहेका स्थानीयबासीहरुले शनिबार बिहान ७ बजे नियन्त्रणमा लिएर बन्दीगृहमा थुनेका हुन । बन्दीगृहमा थुनेकाहरुलाई प्रहरीले उठाएर लान खोज्दा स्थानियहरुले छेकेका थिए । प्रहरीले समस्या समाधान गर्न र घटनालाई आफ्नो नियन्त्रणमा लिन धेरै प्रयास गरेको थियो । साँझ विराटनगरबाट थप प्रहरी ल्याएर थुनिएका ४ जनालाई इलाका प्रहरी कार्यालय पथरीमा लगिएको थियो । जग्गा धनी भनिएका मान्छे झुटा भएको र भुमाफियाले सुकुम्वासीको जग्गा हड्प्न खोजेको भन्दै उनीहरु दिनभर आक्रोशित भएका थिए ।

प्रहरीलाई पटक पटक यस्ता प्रबृतिका ब्यक्तिहरु जिम्मा लगाए पनि समस्या समाधान नभएका कारण स्थानियले ४ जनालाई इलाका प्रहरी कार्यालय लैजान रोकेको जनाएका छन् । आन्दोलनकारीले पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईले सुकुम्वासी समस्याका लागी प्रतिवद्धता नजनाउन्जेल ४ जनालाई प्रहरीको जिम्मा नलागाउने अडान राखेका थिए । तर, प्रहरीले थप वल प्रयोेग गरी चारै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा ल्याएको थियो ।

पत्रकार काफ्ले माथी दुव्र्यावहार

पत्रकार गोपाल काफ्लेलाई प्रहरीले दुब्र्यबहार गर्नुका साथै गोली हान्ने धम्की दिएको छ । शनिबार दिउँसो सुकुम्बासीद्धारा बन्धक बनाईएका ४ जना ब्यत्तिहरुको बारेमा समाचार संकलन गर्ने क्रममा बिराटनगरबाट आएका प्रहरीले काफ्लेलाई दुब्र्यबहार गर्नुका साथै गोली हान्ने धम्की दिएका छन । उनले काफलेको मोबाईल खोसेर फुटाईदिएका छन् भने क्यामेरामा समेत क्षति भएको छ । प्रहरीको पहिचान भने खुलेको छैन् ।