गाईघाट : प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुईजना नेता-कार्यकर्ताले कारागारबाटै पार्टी परित्यागको घोषणा गरेका छन् ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीका जिल्ला सदस्य निर्मल रेग्मी र संगठित सदस्य पूर्ण बहादुर तामाङले छुट्टाछुट्टै विज्ञप्ती जारी गरी पार्टी परित्यागको घोषणा गरेका हुन् । उनीहरु दुवै हाल जिल्ला कारागार उदयपुरमा छन् । उनीहरुले अबदेखि विप्लव नेतृत्वको पार्टीका कुनै पनि कमिटी तथा गतिविधिमा संलग्न नरहने भन्दै विज्ञप्तिसमेत जारी गरेका छन् । सरकारले प्रतिबन्धित पार्टीमाथि कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।