धरान : नेपाल विद्यार्थी संघ (नेविसंघ) महेन्द्र बहुमुखी क्याम्पस इकाइ समितिले विभिन्न संकायहरुमा कक्षा समिति गठन तथा विस्तार कार्यलाई तीब्रता दिएको छ ।

नेविसंघ इकाइले आइतबार जिल्ला सचीव टकेन्द्र राईको उपस्थितिमा बिबिएस् प्रथम वर्ष र बि.एड. प्रथम बर्षमा कक्षा समिति गठन तथा विस्तार गरेको हो । बिबिएसमा समीर राईको अध्यक्षतामा २९ सदस्यीय कक्षा समिति गठन गरिएको छ । सोही कक्षाका ७५ जना विद्यार्थीहरुले नेविसंघका सदस्यता समेत लिए ।

यसैगरी यता बि.एड.मा सञ्जोक राईको अध्यक्षतामा २१ सदस्यीय मुल कक्षा कमिटी गठन गरिएको छ । ९४ सदस्य सदस्यता बितरण गरिएको नेविसंघ इकाइले जनाएको छ ।

nbsang

इकाइ कार्यबाहक सभापति दोर्ची शेर्पाको नेतृत्वमा भएको विस्तार कार्यक्रममा इकाइ उपसभापति पेम्बा शेर्पा, इकाइ सचिवद्वय रोशन चोङ्बाङ र कुन्दन अधिकारी, स्ववियु सहसचिव समराज खड्का, इकाइ सहसचिव सरोज रेग्मी लगायतका नेविसंघ नेताहरुको उपस्थिति रहेको थियो ।