झापा ः प्रधानमन्त्री निवास वालुवाटार जग्गा प्रकरण पछि प्रधानमन्त्रीकै गृहनगर झापाको दमकमा रहेको अर्को वालुवाटार जग्गा प्रकरणबारे अहिले निक्कै चर्चा भइरहेको छ ।

दमक नगरपालिका वडा नम्बर ८ मा पर्ने वालुवाटारमा रहेको ११ बिघा सरकारी जग्गा किर्ते गरेको आरोप दमक निवासी नेकपाका एक प्रभावशाली नेता गगन पुरीमाथि लागेको छ । पुरीलाई पक्राउ पूर्जीसमेत जारी भईसकेको पनि छ । यो समाचार तयार पार्दासम्म पुरी पक्राउ परेका भने छैनन् ।

दमकको बालुवाटार जग्गा प्रकरणमा पुरीले आफ्नो पैतृक सम्पती भएको प्रमाणित गरेर देखाउने चुनौती दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एकैदिनमा आधा दर्जन बढी नै स्टाटस पोष्ट गरिसकेका छन् । उनले आगामी दिनमा राजनीतिक सक्रियता थप बढ्ने समेत फेसबुकमार्फत खुलाएका छन् ।

उनका स्टाटसहरु यस्ता छन् –

आफ्नो देशको कानूनको पालना गर्दै चाडै सम्मानित अदालत सामु हाजिर भएर म आफ्नो सफाइ दिनेछु ।

मैले सरकारी जग्गा किर्ते गरेर लिन खोजेको हो र होईन पार्टीले छानबिन गरोस । प्रमाणित भए जस्तोसुकै कार्बाइ भोग्न तयार छु ।

तिमीहरु जुन जग्गालाइ सरकारी र किर्ते भन्दैछौ, याद गर त्यो जग्गा बिगत ६० बर्ष देखिको हाम्रो पैतृक हो । प्रमाण छ मसँग पेश गर्छु ।

कुनै बेला बालुवाटार रतुवा खोलाले सखाप पार्दा रतुवाको पाता फर्काउने मै हुँ । तिम्रो रिसले मेरो एउटा पनि रौ पनि हल्लिदैन ।

मैले किनेका जग्गा मध्ये करिब दुई बिगाहा जग्गा मेरा परम मित्र गोबिन्द थापा जि को सानिमाको छोरा छत्र कार्कीसँग किनेको हु ।

आगामी दिनमा मेरो राजनीतिक र सामाजिक जिवनमा सकृयता झन बढ्ने छ ।

gagan-2 gagan-5

gagan 1 gagan 3 1 gagan 4 2 gagan 6 2 gagan 8 1