झापा: राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रदेश १ अन्तरगत प्रथम झापा जिल्ला भेला आज बिर्तामोडमा सम्पन्न भएको छ ।

भेलाले प्रदिप परियारको अध्यक्षतामा ९ कार्यसमिति समेत चयन गरेकोे छ । सो समितिको उपाध्यक्षमा नरेश खाती, सचिब चिरञ्जिबी घिमिरे, सह सचिब गोबिन ल्वागुन र कोषध्यक्षमा सुस्मा त्रिखत्रि सर्बसम्मत चयन भएका छन । त्यसै गरि सदस्यहरुमा किशोर उपरकोटी, रबिन बिसी, सुस्मा नेपाली र प्रदिप दाश रहेका छन् ।

बिभिन्न संचार गृहमा आबद्ध रहेका दलित पत्रकारहरुलाई संगठित गरि सत्य तथ्य समाचार सम्प्रेशण गर्न थप प्रोहोत्सान पुगोस भन्ने उदेश्यले भेलाको आयोजना गरिएको राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष गोपाल बराइलीले बताउ । गत जेष्ठ १८ गते गठित राष्ट्रिय दलित पत्रकार संघ नेपाल गत असोजमा दर्ता भई हाल ११ जिल्ला सहित ३ नम्बर प्रदेश र उपत्यका क्षेत्रको भेला सम्पन्न भइसकेको जनाइएको छ ।

प्रदेश १ भेला आगामी पुष ४ र ५गते धनकुटाको राजारानीमा हुने बताईएको छ । क्रियाशिल दलित पत्रकार देशभरमा हाल ११ सय बडि रहेको र झापा जिल्लामा १६ जना रहेको जनाइएको छ । सो अवसरमा प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले भेलाबाट गठित संघले दलित समुदायका समस्या र हक अधिकारलाई बुलन्द पार्न सहयोग पुग्ने बताए ।