तेह्रथुम : जिल्ला प्रहरी कार्यालय तेह्रथुम परिसरमा नवनिर्मित कार्यालय भवन, ब्यारेक भवन, कार्यालय प्रमुख निवास, मेश भवन, शौचालय भवनहरुको नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सोमबार एक कार्यक्रमका बीच समुद्धघाटन गर्नुका साथै उक्त भवनहरुको निरीक्षण समेत गरेका छन् ।

भवन उद्घघाटन कार्यक्रम पश्चात कार्यक्रमलाई गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी र जनताबीचको गाढा समबन्धबाट नै समाजमा शान्ति सुरक्षा कायम हुने हुँदा आपराधिक गतिविधिको नियन्त्रणको लागि प्रहरी र समुदायबीचको साझेदारीले सार्थकता पाउनुपर्ने कुरामा जोड दिए । महानिरिक्षक खनालले भवन नयाँ भएर मात्रै हुदैन नयाँ भवनमा बस्ने प्रहरी कर्मचारीहरुले सेवाग्राहीलाई दिनुपर्ने सेवामा समेत वृद्घि गर्दै लैजानु पर्ने बताए । बदँलिदो परिवेश संगै गैरकानूनी क्रियाकलापलाई निरुत्साहित गर्न प्रहरी कर्मचारीहरु थप सक्रिय भएर लागी पर्नु पर्नेसमेत उनले बताए । प्रहरीद्वारा संचालनमा ल्याएको समुदाय साझेदारी आवधारण अनुरुप विभिन्न सचेतनामुलक कार्यक्रमहरुमा साथ र सहयोग गर्न हुन उपस्थित सम्पुर्णमा उनले आव्हान समेत गरे ।

कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले अपराध गर्ने जो कोही व्यक्तिलाई कानुनबाट क्षमा नहुने हुँदा कानुनको कठघरामा ल्याई कानुन बमोजिम कारबाही गरिने भएकोले अपराध रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा प्रहरीलाई सहयोग गर्नु हुन अनुरोध सहित उद्घघाटन समारोहमा उपस्थित सम्पुर्णमा धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा शान्ति सुरक्षा कायम राख्न प्रहरीलाई महत्वपूर्ण भूमिका निर्बाह गर्ने जिल्ला स्थित रहेको सबै पालिकाहरु, जिल्ला शिक्षा समन्वय ईकाई तेह्रथुम, भवन निर्माण व्यावसायलाई कदर पत्र र अमर प्रहरी परिवारलाई कार्यक्रमका प्रमुख अतिथीप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दोसल्ला ओढाई सम्मान गरे ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी भक्त बहादुर खड्का, म्याङलुङ्ग नगरपालिकाका प्रमुख संजय कुमार तुम्वाहाम्फे, जिल्ला समन्वय समिति तेह्रथुमका उपप्रमुख प्रेमलाता गौतम घिमिरे समेतले आआफ्नो तर्फबाट मन्तव्य राखे । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी नायव उपरीक्षक नबिन किशोर प्रधानले स्वागत मन्तव्य व्यक्त गरे भने प्राविधिक प्रहरी निरीक्षक ई. केबिनजंग थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल सरकारको नियमित बजेटबाट कूल ५ करोड ३५ लाख ३१ हजार ९ सय ६५ रुपैयाँ ६० पैसाको लागतमा उक्त भवनहरुको निर्माण कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमिला खनाल, जिल्ला समन्वय समिति तेह्रथुमका उपप्रमुख, स्थानीय तहका प्रमुख र उपप्रमुख, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख, विभिन्न संघ संस्थाका प्रमुखरप्रतिनिधिहरु, राजनैतिक दलका प्रमुख र प्रतिनिधीहरु, भुतपूर्व प्रहरी, अमर प्रहरी परिवार, स्थानीय भद्रभलादमी, समुदाय प्रहरी साझेदारी अन्तर्गतका पदाधिकारीहरु, पत्रकार र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो । उदघाटन कार्यक्रम पश्चात् प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय तेह्रथुम तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई समसामयिक विषयमा निर्देशन समेत दिए ।