धरान: धरान उपमहानगरपालिका ९ नंं. वडा कार्यालयले जेष्ठ नागरिकहरुको लागि निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम शुरु गरेको छ ।

परिक्षणमा प्रेसर, सुगर, क्रिटिनाईन, ज्वरो, अक्सिजन, उचाई तथा वजन परिक्षण गरिने वडाध्यक्ष रत्न कट्वालले जानकारी दिए । विदाको दिन बाहेक प्रत्येक दिन विहान ७ वजे देखि ८ वजेसम्म स्वास्थ्य परिक्षण गरिने र आएको रिपोट हेरेर आवश्यक स्वास्थ्य परामर्श समेत प्रदान गरिने स्वास्थ्य प्राविधिक देवकुमार आलेले वतााए । धरानको ९ नं. वडामा ६० वर्ष माथिका दलित ६० जना, एकल महिला ६२ जना, एकल महिला ८३ जना र ७० वर्ष भन्दा माथिका अन्य १ सय १७ जना गरी कुल १ सय ७५ जना जेष्ठ नागरिकहरु रहेको वडाकी सचिव रन्जु भुजेलले जानकारी दिईन ।

health1

जेष्ठ नागरिकहरुलाई वडाले प्रथमिकतामा राखी आवश्यक वजेट छुटरयाएर स्वास्थ्य परिक्षण कार्यक्रम संचालन गरिएको वडा सदस्य मनोज कुमार राउतले बताए । यस स्वस्थ्य परिक्षण कार्यक्रममा ५० वर्ष भन्दा माथिका वडाबासीहरुलाई नियमित सेवा दिईने र जुनसुकै उमेरका गरीब, दलित, अशक्त र अपाङ्गहरुलाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य कार्यक्रम संचालन गरिएको वडा कार्यालयले जनाएको छ । घर नजिक नियमित स्वस्थ्य सेवा पाएकोमा सहभागी जेष्ठ नागरिकहरुले पनि खुशी भएको प्रतिकृया दिएका थिए ।

वडा कार्यालयले वडावासीको सुविधा र वडाको विकासको लागि विभिन्न सृजनात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । सुरक्षाका लागि वडाका प्रमूख टोल तथा चौकहरुमा सिसि क्यामेरा पनि जडान गरिएको कार्यालयले जानकारी दिएको छ । बालबालिका र महिलालाई केन्द्रित गरेर धेरै कार्यक्रमहरु संचालन गर्ने योजना रहेको वडा सदस्य सविना शाक्यले वताए ।