उदयपुर: उदयपुरको लिम्चुङबुङ गाउँपालिका २ ज्यामिरेकी ४० बर्षीय कुम्भ कुमारी कार्की सुनकोशीमा हामफालेर बेपत्ता भएकी छन् ।

मंगलवार बिहान ११ बजे सुनकोशीमा हामफालेर बेपत्ता भएको जानकारी प्राप्त भएको ईलाका प्रहरी कार्यालय लिम्चुङबुङले जानकारी दिएको छ । प्रहरी टोली घटनास्थल पुगेर स्थानीयवासीको पनि सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसैगरी, सोलुखुम्बुको सोताङ गाउँपालिका ४ कि १३ बर्षीया बालिका निर्मला भुजेललाई रोक खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । उनलाई पनि मंगलवार बिहान १० बजे आफ्नै भाउजुलाई उपचार गराउन लैजादा खोला तर्ने क्रममा खोलाले बगाउँदा उनी बेपत्ता भएकी हुन् । बेपत्ता भएकी बालिकाको ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोली र स्थानीयवसी समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।