काठमाडौं : डिजेल र मट्टितेलको मुल्यमा प्रतिलिटर एक रुपैयाँले वृद्धि भएको छ । नेपाल आयल निगमले गएराती १२ बजेबाट लागू हुने गरी डिजेल र मट्टितेलको मुल्यमा वृद्धि गरेको हो । मुल्यबृद्धिसँगै काठमाडौं, सुर्खेत र दिपायल आसपासको क्षेत्रमा डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ९८ रुपैयाँ पुगेको छ ।

पोखरा र दाङमा साढे ९७ र झापाको चारआली, बिराटनगर, धनुषा, वीरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा प्रतिलिटर साढे ९६ रुपैयाँ डिजेल र मट्टितेलको खुद्रा मुल्य निर्धारण गरिएको निगमले जनाएको छ । पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको मुल्य भने यथावत राखिएको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।