भोजपुर : भोजपुर नगरपालिकाको प्रमुख पर्यटकीय क्षेत्र धापखर्क र सुन्तले क्षेत्रमा चियाखेती विस्तार गरिएको छ । पर्यटकीय क्षेत्रको प्राकृतिक सौन्दर्यता बढाउन र स्थानीय कृषकलाई आयमुलक बनाउने उद्देश्यले चिया विस्तार गरिएको हो ।

थामडाँडा टेम्के सिलिचुङ संस्थाको सहकार्य र नगरपालिकाको सहयोगमा उक्त पर्यटकीय क्षेत्रको खाली, सार्वजनिक तथा व्यक्तिगत जग्गामा चियाखेती सुरु गरिएको हो । नगरपालिकाका २, हेलौछा, वडा नं. ५ बोखिम, वडा नं. १० भैसीपंखा र वडा नं. ९ मा पर्ने धापखर्क, टिमुरे, सुन्तलेलगायत पर्यटकीय क्षेत्रलाई चिया जोनको रुपमा विस्तार गरिएको छ । मुख्यबालीको रुपमा रहेको मकैमा लागेको रोगले मासिन थालेसंगै उत्पादनमा ह्रास आउन थालेपछि वैकल्पिक खेतीको रुपमा चियातर्फ किसान आकर्षित भएका छन् । -नागरिक दैनिकबाट