झापा : झापाको कनकाई नगरपालिका -२ सुकेडाँगीमा बायोग्याँस उत्पादनका लागि काम धमाधम अघि बढेको छ । फाहोर व्यवस्थापन गरी कुहिने फोहोरबाट ग्याँस उत्पादनका लागि काम अघि बढेको हो  ।

ग्याँस उद्योग मार्फत जिल्लाका विर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाका भित्रको फोहोर ब्यवस्थापन गरिने भएको हो ।  परीयोजना निमार्णका लागि बैकल्पीक उर्जा प्रर्वदन केन्द्र नेपालले १७ करोड ७० लाख रुपैयाँ  लागतको डिपिआर  तयार गरी हाल निर्माण कार्य सुरु भएको छ। जसमा जग्गा बाहेक १३ करोड ७० लाख रुपैयाँ प्लान्टका लागि मात्र खर्च हुने जनाइएको छ । यसमा कुल लागतको ४० प्रतिशत बिश्व बैङ्क,३० प्रतिशत ३ वटै नगरपालिका र ३० प्रतिशत पव्लीक,प्राईभेट पार्टनरसीप अन्तर्गत शेयर सदस्यको रहने व्यवस्था गरीएको छ । परीयोजना निमार्णका लागि हाल ६ सय जना स्थानियले सेयर लगानी गरीसकेका छन् । जस अन्तर्गत हाल डाइजेस्टर निमार्णसंगै अन्य भौतिक संरचनाहरु धमाधम निमार्ण भईरहेको छ । वायो ग्याँस उत्पादन परीयोजना सञ्चालनमा आएपछि यहाँबाट दैनिक १ हजार देखि १४ सय किलो ग्याँस उत्पादन हुने र यसलाई पाइपलाइन मार्फत ९ सय घरमा वितरण गरीने योजना अनुसार काम अगाडि वढाइएको छ ।Bio-Gas-plant-2-

वायोग्याँस उत्पादनमात्र होइन डाइजेस्टरबाट निस्कीएको लेदोलाई प्राङ्गरीक मलको रुपमा उत्पादन गर्ने तथा नकुहीने प्लास्टीक जन्य फाहोरबाट पेट्रोल निकाल्ने लक्ष्य सहित परीयोजना अगाडि वढेको छ । ३ विगाह क्षेत्रफलमा फैलिएको यस परीयोजनालाई फाहोर टुरीजमकोरुपमा समेत अघि बढाईने भएको छ ।
समयमै निमार्ण सम्पन्न गर्नका लागि दैनिक २२ जना मजदुर कार्यरत रहेको परियोजनामा कनकाई,विर्ता अजुर्न नविकरणीय उर्जा तथा फाहोरमैला व्यवस्थापन लिमिटेड आफैँले काम गरीरहेको छ ।

गत बैशाख ७ गते अर्थमन्त्री डा.युवराज खतिवडाले उद्घाटन गरेको यो परीयोजनाको निमार्ण आगामी असार मसान्तसम्ममा पुरा गर्ने निमार्ण समितिले जनाएको छ । परीयोजना सञ्चालनमा आएपछि घरघरमा ग्याँसका पाइप पुर्याउने योजनाले सार्थकता पाउने मात्र होइन दैनिक निस्कीएको फोहोर व्यवस्थापन नहुँदा आजित बनेका विर्तामोड,अर्जुनधारा र कनकाई नगरपालिकाका नागरिकहरुका लागि फोहोर ब्यवस्थापनमा सहजता हुने देखिएको छ ।