उदयपुर: उदयपुरको उदयपुरगढी गाउँपालिका ३ जरुवास्थित भित्रि सडक खण्डमा बोलेरो गाडी सडकबाट तल खस्दा ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

आज बिहान सवा ९ बजेको समयमा तामलडाडाबाट कटारीतर्फ जादै गरेको SK01PB 3068 नम्बरकोको बोलेरो गाडी आफै अनियन्त्रित भई सडक भन्दा अंदाजी २०० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेर उदयपुरको उदयपुरगढि गाऊपालिका ३ घर भई हाल मोरङ पथरीका ६१ बर्षीय टिक नारायण श्रेष्ठ, ४७ बर्षीय ढक बहादुर मगर र ४७ बर्षीय मिन नारायण श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो । यस्तै, मोरङको पथरी ४ का ३५ बर्षीय टिकाराम श्रेष्ठलाई उपचारको लागी कटारी अस्पतालमा पूर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा परेर गम्भिर घाईते भएका मोरङ पथरी ४ का ५५ बर्षीय लक्ष्मी प्रसाद राई र भारतको सिक्किमका २८ बर्षीय पवन राईलाई उपचारकोलागी नोवेल अस्पताल विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।