धरान: धरानको छाताचोकस्थित पुर्नस्थापना गृहलाई यु.के.बाट आर्थिक सहयोग भएको छ ।

धरान यु.के.नेपाल कल्याणकारी समाजले बिहिबार एक कार्यक्रम आयोजना गरी गृहलाई सहयोग रकम हस्तान्तरण गरेको छ । गृहमा आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा यु.के.बाट गृहनगर धरान आइपुगेका सहयोगी दिलकुमार राई र उनकी पत्नी कल्पना राईले चेक हस्तान्तरण गरेका थिए । उनीहरुले कल्याणकारी समाजकोेतर्फबाट २५ हजारको चेक गृह प्रमुख भिम राईर्ला हस्तान्तरण गरेका थिए । सोही कार्यक्रममा राई दम्पत्तिले आफ्नो तर्फबाट थप १० हजार गृहलाई सहयोग गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा समाजका अध्यक्ष एवं धरानका पुर्व उपमेयर मिनकुमार सुब्बाले गृहका सञ्चालकको मानवीय सेवालाई थप प्रोत्साहन गर्न सहयोग गरिएको बताए । उनले धरानलाई माया गर्ने यु.के.मा बसोबास गरिरहेका धरानबासीहरुले यहाँको भौतिक, आर्थिक विकासमा सहयोग हुनु अत्यन्तै सह्रानीय भएको बताए । ‘समाजिक सेवामा पनि सहयोग गर्नुपर्छ भन्ने भावनाले यु.के.निवासी दाजुभाई, दिदीबहिनीहरुको सोच र सहयोगमा यो संस्था जन्मिएको हो,’अध्यक्ष सुब्बाले भने,‘यो सहयोग पनि मानव सेवामा प्रेरणा मिलोस् भनेर उहाँहरुकै पहलबाट भएको हो ।’ यो आर्थिक सहयोग कल्याणकारी समाजको यु.के.का अध्यक्ष रमेश लिम्बूलगायतको पहलमा संकलन भएको हो ।

donation1

पुर्नस्थापना गृहका प्रमुख भिम राईले आर्थिक सहयोगले धेरै हौसला मिलेको खुलाउदै अर्को बुधबार हड्डीको संक्रमण भएका एक युवाको सर्जरीमा ठुलो राहत भएको बताए । ‘गायनमा पनि राम्रो सम्भावना भएको महेन्द्र राईको पहिला पनि सर्जरी भएको थियो,अहिले फेरि सर्जरी गर्नुपर्ने भएको छ,’उनले भने,‘यो सहयोगले उसलाई धेरै राहत पुग्छ । सहयोगी हातहरुप्रति धेरै आभारी छाँैं ।’

उनका अनुसार गृहमा कुल २७ जना आश्रित छन् । सहयोग हस्तान्तरण कार्यक्रममा समाजका उपाध्यक्ष एवं एन्फाका मानार्थ केन्द्रीय उपाध्यक्ष किसोर राई, सुनसरी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष अनिल अग्रवाल, संघका पुर्वअध्यक्ष पवन अग्रवाल, महिला सञ्जालकी अध्यक्ष सविता राई, कल्याणकारी समाजकी कोषाध्यक्ष सुनिता केसी राईलगायतको उपस्थिति रहेको थियो ।