धरान : धरानका नवनिर्वाचित मेयर तिलक राईले आफुले अध्ययन गरेको क्याम्पसले आफुलाई सम्मानित गर्दा गर्व लागेको बताएका छन् ।

शुक्रबार स्वतन्त्र विद्यार्थी यूनियन महेन्द्र बहुमुखी क्याम्पस धरानले आयोजना गरेको स्वागत तथा विदाई कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मेयर राईले कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मेयर राईले भने, ‘शैक्षिक क्षेत्रमा धरानको एक ईतिहास, परिचयको रुपमा रहेको महेन्द्र बहुमुखी क्याम्पस योग्य र दक्ष विद्यार्थीहरु उत्पादन गर्न सफल छ ।’ उनले नव विद्यार्थीहरुलाई हौसला दिदै यस क्याम्पसलाई रोज्ने जो कोही भाग्यमानि रहेकोे बताए । पहिले र अहिलेको शैक्षिक प्रणालिमा तुलना गर्दा दुईगुणा फरक आएको समेत उनले बताए । विद्यार्थीहरुलाई आफुलाई उत्कृष्ट लागेको विषयको अध्ययन गर्न समेत आग्रह गर्दे भविष्यलाई उज्वल बनाउन शुभकामना पनि मेयर राईले दिए । शैक्षिक गुणस्तरमा धरान उपमहानगरपालिकाको दायित्व र भुमिकामा सधै तत्पर रहने प्रतिवद्धता समेत मेयर राईले जनाए ।

Samman

मेयर राईले उक्त क्याम्पसका जग्गादाता तथा संस्थापक स्वर्गिय कालिप्रसाद श्रेष्ठ र उनकी श्रीमती शक्तिकुमारी श्रेष्ठको शालिकमा माल्यार्पण समेत गरे।

malyarpan

नवनिवार्चित मेयर राईलाई कार्यक्रममा क्याम्पस प्रमुख दामोदर भण्डारी र स्ववियु सभापति सरगम सागर चेम्जोङले खदा तथा सम्मानपत्रले सम्मान गरे । स्वागत तथा विदाई कार्यक्रममा स्ववियुका सभापतिका उम्मेद्वार टकेन्द्र राई, अखिल क्रान्तिकारी सुनसरी जिल्ला अध्यक्ष बुद्रोस लिम्बु, वैज्ञानिक महाविर पुन लगायतले कार्यक्रमलाई सम्बोधन गरे । कार्यक्रममा स्ववियु सहसचिव सम्राज खड्काले स्वागत मन्तव्य राखे भने स्ववियु सचिव दोर्ची शेर्पाले कार्यक्रम सञ्चालन गरेका थिए ।