इटहरी: इटहरीमा रहेको सगरमाथा गर्मेन्टले उपभोक्तालाइृ सिधै उचित मुल्यमा लत्ताकपडा उपलब्ध गराउने उद्देश्य सहित आाफ्नै ब्राण्डको उत्पादनको पुष ६ गतेबाट प्रदर्शनी तथा बिक्री बितरण गर्ने भएको छ ।

बाह्य मुलुकबाट आउने लत्ताकपडाको गुणस्तरीयताको कुनै मापदण्ड नहुने, उपभोक्तालाइृ महंगो पर्ने जस्ता समस्यालाई मध्यनजर गर्दै सगरमाथा गर्मेन्टले आफ्नो ब्राण्डको प्रर्दशनी गर्न लागेको हो । सगरमाथा गर्मेन्टले उत्पादनसँगै धेरैलाई रोजगारी दिएको छ । बजारमा आयातित भएका लत्ताकपडाको मूल्य अव्यवाहारिक भएको कारण न्युन आय भएकाहरुलाई पनि गुणस्तरिय तथा स्वदेशी उत्पादन उपलब्ध गराउने उद्देश्यले यो प्रर्दशनी गर्न लागीएको सगरमाथा गार्मेन्टका सञ्चालक डम्बर बहादुर तामांगले बताए ।

नेपालको उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने, आयातलाई घटाउनु पर्ने लगायतको उद्देश्यले ओसियन पार्कमा प्रर्दशनी हुन लागेको हो । प्रर्दशनी बिहान ६ बजेदेखि बेलुका ८ बजे सम्म चल्ने छ भने दैनिक ३ बजे देखि सांगीतिक कार्यक्रम पनि रहने रुद्रराज शर्माले बताए । प्रदर्शनीमा बालबालिका, महिला, पुरुष, जाडोको लुगा लगायत राखिने आयोजकले जनाएको छ ।