इटहरी: हिसान सुनसरीको आयोजनामा एक दिने फ्रन्ट डेस्क मेनेजमेन्ट कार्यशाला कार्यक्रम सम्पन्न भएको छ ।

नीजि शिक्षा क्षेत्रमा आवद्ध रहेका कर्मचारी लगायत सञ्चालकहरुलाई आफ्नो आत्मबिश्वास बढाउने तथा कार्यालय व्यवस्थापन गर्ने लगायतको बिषयमा एक दिने कार्याशाला गरिएको हिसानले जनाएकोछ । नीजि क्षेत्रबाट सञ्चालनमा रहेका शिक्षा क्षेत्रले पनि सरकारलाई सहयोग गरेको हुदा नीजि क्षेत्रप्रति हेर्ने दृष्टिकोण पनि सकारात्मक हुनु पर्ने आवश्यक्ता देखिएको कार्यक्रमका अधिकांश वक्ताहरुले बताएका छन् ।

सरकारी र नीजि शिक्षा क्षेत्रबीचको बिभेद नहुनु पर्ने र नीजि क्षेत्रमा काम गर्ने कर्मचारीले पनि आफ्नो मन सानो बनाउन नहुने हिसानका सल्लाहाकार लेखनाथ घिमिरेले बताए । हिसानले बेलाबेला आत्मबिश्वास बढाउने, खेलकुद गर्ने, विभिन्न तालिम लगायतको कार्यक्रम आयोजना गर्ने गरेको सबै निजि शिक्षा क्षेत्रलाई एकतामा ल्याउने कार्यक्रमका संयोजक सागर भट्राईले बताए । कार्यक्रमलाई सुगारिका केसी, सुनिल कुमार भुषाल, फाल्गुनि काफ्ले, ज्ञानु कुमार दाहाल लगायतले सहजीकरण गरेका थिए ।