धरान : नेपाल तरुण दलले धरान वडा नं ८ मा कार्यसमिति गठन गरेको छ । शनिबार सन्तोष लिम्बुको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

प्रथम उपाध्यक्ष पवन राई, दोश्रो उपाध्यक्ष प्रकाश तामाङ, सचिव दुर्गा पाख्रिन, सहसचिव जय मगर, कोषाध्यक्ष सीता राई चयन भएका छन् । यसैगरी कार्यसमितिका सदस्यहरुमा नरबहादुर तामाङ, वीरबल मोक्तान, गोपाल श्रेष्ठ, तुलसी विक, किरण अधिकारी, शोभा बम्जन, दिपेश राई, राज लिम्बु, विशाल तामाङ रहेका छन् । प्रमुख सल्लाहकार आशिष पाख्रिन, सल्लाहकारहरु रण बहादुर थेबे, निश्चल लिम्बु चयन भएको नेपाल तरुण दल धरानका अध्यक्ष हिमाल श्रेष्ठले जानकारी दिए ।