सप्तरी : जिल्लाको राजविराज नगरपालिकाका सम्पूर्ण विद्यालय तीन दिनका लागि बन्द गरिने भएको छ ।

राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले शनिबार जारी गरेएको विज्ञप्तिमा केही दिनयता अत्यधिक चिसो बढेकाले विद्यालय जाने बालबालिकालाई असर पर्ने भएकाले यही पुस ६ देखि पुस ८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको जनाइएको छ । तीन दिनका लागि राजविराज नगर क्षेत्रभित्र पर्ने सम्पूर्ण संस्थागत (निजी) तथा समुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै चिसो बढेसँगै दैनिक जनजीवन प्रभावित भइरहेको अवस्थामा समय अनुकूल नभएमा विद्यालयका प्रधानाध्यापकसँग छलफल गरी पुनः बन्दलाई निरन्तरता दिइने नगरपालिका अध्यक्ष यादवले जानकारी दिए ।