ताप्लेजुङ : ताप्लेजुङको खोक्लिङमा एक महिलाको शव फेला परेको छ । मिक्वाखोला २ खोक्लिङको थापागाउँ निवासी करिव ३४ वर्षीया कविता थापाको शव फेला परेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए ।

फुयालका अनुसार शनिबार साँझ ६ बजे स्थानीयले अधेरी प्राथमिक विद्यालय नजिकै सडकको भित्तामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । ति महिलाको टाउकोमा धारिलो हरियार प्रहार भएको देखिएको प्रहरीले जनाएको छ । मृत फेला परेको खवर पछि ईलाका प्रहरी चौकी दोभानबाट प्रहरी निरिक्षकको कमाण्डमा प्रहरीको टोली घटनास्थलमा पुगेको छ भने घटनाबारे अनुसन्धान भईरहेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी फुँयालले जानकारी दिए । घटना शंकास्पद रहेकाले राति शवको मुचुल्का नगरिएको उनले बताए । मृतक थापाका श्रीमान बैदेशिक रोजगारीको शिलसिलामा विदेशमा रहेको बताईएको छ ।