धनकुटा : आवश्यक कर्मचारी नहुँदा धनकुटाको पाख्रिवासस्थित कृषि अनुसन्धान केन्द्र समस्यामा परेको छ । ८५ जना कर्मचारीको दरबन्दी रहेको कार्यालयमा हाल ४० कर्मचारी मात्र कार्यरत छन् । अध्ययन अनुसन्धान गर्ने मुख्य १९ वैज्ञानिकको दरबन्दीमा ४ वैज्ञानिक छन् ।

त्यस्तै २० प्राविधिक अधिकृतमा हाल ११ जना कार्यरत छन् । अन्य प्रशासकीय अधिकृत, प्राविधिक सहायक, तथा सहयोगी कर्मचारी गरी कुल ४६ कर्मचारीको दरबन्दीमध्ये २५ कर्मचारी मात्र कार्यरत छन् । कर्मचारी अभावले धेरै अनसुन्धानको काम प्रभावित भएको कार्यालय प्रमुख वरिष्ठ वैज्ञानिक अमर पुनले जानकारी दिए ।

कर्मचारी अभावकै कारण विभिन्न ६ इकाइका माटो प्रयोगशाला, टिस्यु कल्चर ल्याब, बाली संरक्षण, बाह्य अनुन्धान इकाइ बन्द भएका छन् । धनकुटा आवश्यक कर्मचारी नहुँदा धनकुटाको पाख्रिवासस्थित कृषि अनुसन्धान केन्द्र समस्यामा परेको छ । ८५ जना कर्मचारीको दरबन्दी रहेको कार्यालयमा हाल ४० कर्मचारी मात्र कार्यरत छन् । अध्ययन अनुसन्धान गर्ने मुख्य १९ वैज्ञानिकको दरबन्दीमा ४ वैज्ञानिक छन् ।

त्यस्तै २० प्राविधिक अधिकृतमा हाल ११ जना कार्यरत छन् । अन्य प्रशासकीय अधिकृत, प्राविधिक सहायक, तथा सहयोगी कर्मचारी गरी कुल ४६ कर्मचारीको दरबन्दीमध्ये २५ कर्मचारी मात्र कार्यरत छन् । कर्मचारी अभावले धेरै अनसुन्धानको काम प्रभावित भएको कार्यालय प्रमुख वरिष्ठ वैज्ञानिक अमर पुनले जानकारी दिए ।कर्मचारी अभावकै कारण विभिन्न ६ इकाइका माटो प्रयोगशाला, टिस्यु कल्चर ल्याब, बाली संरक्षण, बाह्य अनुन्धान इकाइ बन्द भएका छन् ।