काठमाडौं : नेपाललगायत उत्तरी ध्रुवका देशहरुमा आज वर्षकै सबैभन्दा छोटो दिन र लामो रात हुन्छ । दक्षिणी ध्रुवका देशहरुमा यसको ठिक उल्टो रात छोटो र दिन लामो हुन्छ ।

पात्रो अनुसार आजको नेपालको दिनमान २५ घडी ५७ पला छ भने रात्रीमान ३४ घडी १० पला छ । आज सूर्योदय विहान ६ बजेर ५० मिनेटमा भएको थियो भने सूर्यास्त साँझ ५ बजेर १३ मिनेटमा हुनेछ । यसको अर्थ, आजको दिन १० घण्टा २३ मिनेटको मात्र हुनेछ ।

रात भने १३ घण्टा ३७ मिनेट लामो हुनेछ । प्राचिन समयमा यसै दिनलाई मकर संक्रान्ति भनेर मनाउने गरीएको ज्योतिषी डाक्टर सुनिल सिटौलाले बताए । सरकारी पात्रोहरुमा पनि आजको दिनलाई सायन मकर संक्रान्ति या मकर दृश्याङ्क भनेर जनाइएको हुन्छ । भोलीबाट क्रमश दिन बढ्दै र रात घट्दै जानेछ ।