इटहरी : अत्याधिक जाडो बढे सँगै इटहरी उपमहानगरपालिकाले इटहरी क्षेत्रका विद्यालयहरु तीन दिनको लागि बन्द गर्ने निर्णय गरेको छ ।

इटहरीमा विहानै देखि हुस्सु र चिसो हावा चलेपछि बालबालिकाहरुको जनजिवन प्रभावित भएको भन्दै उपमहानगरपालिकाले तिन दिन निजि र सरकारी विद्यालय नै बन्द गर्ने निर्णय गरेको हो ।

जाडो बढेको र पठन पाठनमै समस्या परेको भन्दै तीन दिन विद्यालय विदाको सुचना उपमहानगरले जारी गरेको हो । विद्यालय ७ गते देखि ९ गते सम्म कक्षा एक देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई विदा दिइएको छ ।