धरान: अंग्रेजी नयाँ वर्ष प्रारम्भको अवसरमा पूर्वको पर्यटकीयस्थल भेडेटारमा तीन दिने फुड फेस्टिवल आयोजना हुने भएको छ ।

होटल एशोसिएसन भेडेटारको आयोजनामा आठौं संस्करणको फेस्टिवल यही पुष १५, १६ र १७ गते सञ्चालन हुने भएको हो । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा स्थित पर्यटकीयस्थल भेडेटारमा विगत ८ बर्षदेखि फेस्टिवल हुदै आएको छ । आयोजकले सोमबार भेडेटारमा पत्रकार सम्मेलन गदै महोत्सवमा करिब २५ वटा स्टलहरु राखिने एशोसिएसनका महासचिब आषिश राईले बताए । उनका अनुसार महोत्सवमा स्थानीय मौलिक खानाका परिकारहरु तथा स्थानीय स्तरमा उत्पादन गरिएका कृषिजन्य बस्तुहरु, हस्तकलाका सामग्रीहरु पनि प्रदर्शनमा राखिने छन् ।

महोत्सवमा भेडेटारसहित आसापासका पर्यटकीय क्षेत्रहरुको पर्यटन प्रबद्र्धन गर्न फेस्टिवलको आयोजना गरिदै आएको एशोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए । ‘भेडेटारसहित आसपासका क्षेत्रहरुको पर्यटन प्रबद्र्धनमा हामी लागिरहेका छौं,’एशोसिएसनका अध्यक्ष रुम्दाली भने,‘स्थानीय खानाका परिकार राई, लिम्बु, मगर, नेवार जातीको खानाका परिकार र स्थानीय कृषिजन्य बस्तुहरु, हस्तकला, घरेलु सामग्रीहरुको प्रबद्र्धन गछौ ।’ यसपाली नेपाल सरकारको नेपाल भ्रमण बर्ष २०२० को प्रर्वद्धनको लागि पनि फुड फेस्टिवल लक्षित हुने उनले बताए । अंग्रेजी नयाँ बर्ष मनाउन भारतीय पर्यटकहरु भेडेटार आउने गरेका छन् । तिनै भारतीय पर्यटकहरुलाई लक्षित गरेर पनि यो फुड फेस्टिवल आयोजना गरिएको उनले बताए ।

vedetar copy

फेस्टिवल अवधिभर करिब एक करोडको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य छ । यस्तै, ० देखी ३० हजारसम्म पर्यटक भित्राउने लक्ष्य राखिएको अध्यक्ष रुम्दालीले बताए । फेस्टिवलमा भारतको वेष्ट बंगाल, विहार, दार्जिलिङ, सिक्किमलगायतका पर्यटकहरु आउने उनको भनाइ थियो । मुख्य भेडेटारसहित आसपासका क्षेत्र काम्फेक थुम्की, नाम्जे र नमस्ते झरनासम्म महोत्सव स्थल तोकिएको छ । महोत्सवमा स्टलको लागि भेडेटारको मुख्य भागमा समेत राख्ने व्यावस्था गरिएको बताइ । पार्किङ स्थलको लागि भेडेटार आसपासका खाली भएका क्षेत्रहरुलाई प्रयोग गरिने जनाइएको छ ।

फेस्टिवलको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । यस्तै, फेस्टिवल अवधिभर माउण्टेन हेलिकप्टरले भेडेटारबाट हेलि टुरको व्यावस्था गरिएको एशोसिएसनका निवर्तमान अध्यक्ष लिलाराज लावतीले बताए । ‘हेलिकप्टरबाट पाथीभरा, हलेसी र इच्छुकहरुले चाहेको ठाउँमा जाने व्यावस्था गरेका छौं,’उनले भने,‘यसपटक माउण्टन हेलिकप्टर्स कम्पनीसंग सम्झौता गरेका छौं ।’ भेडेटारसहित आसपासका क्षेत्रहरुको अवलोकन गर्न प्याकेजको व्यावस्था समेत रहेको जनाइएको छ । यस्तै, प्याराग्लाइडिङ, साइक्लिङ, ¥याफ्टीङ, हाइकिङलगायत समेत फेस्टिवलमा हुने उनले बताए । फेस्टिवलमा जावलाखेल ग्रुप अफ इष्ड्रष्ट्रिज मुख्य प्रायोजक रहेको छ भने बराह ग्रुपको भेडेटार शाखा सहयोगी रहेको छ । यस्तै, नेपाल पर्यटन बोर्ड प्रर्वद्धक रहेको छ । 

मुख्य पर्यटकीयस्थलहरु

namjeee

भेडेटारमा शैलुङ डाडा (चाल्स भ्यू टावर), पाथीभरा देवी मन्दिर, शंखेश्वर मन्दिर÷भेडेटार पार्क, पिकनिक स्पट, नाम्जेको आत्मा घर, सुर्योदय बौद्ध पार्क थुम्की, नमस्ते झरना, साँगुरी गढी, नाम्जे गाउँ होम स्टे, ओख्रे भ्यू टावर रहेका छन् । त्यस्तै,डाडा बजारको ध्वेजे डाडा, अजंगको बरको रुख, थाउजेन विग बुद्ध मुख्य पर्यटकीय स्थलको रुपमा पर्यटकहरु घुम्न सक्नेछन् । त्यसैगरी, भेडेटारबाट देख्न सकिने मकालु हिमशृङखलाको अवलोकन समेत गर्न सकिनेछ ।

करिब १२ सय पर्यटक राख्न सकिने

भेडेटार क्षेत्रमा करिब ६५ वटा ठुला होटोलहरु सञ्चालनमा रहेको एशोसिएसनका अध्यक्ष रुम्दालीले बताए । उनले ६५ वटा होटलको डिलक्स रुम, सामान्य गरी ४ सय कोठा रहेको बताए । त्यसमा एक हजारदेखी १२ सयसम्म पर्यटक राख्न सकिने दाबी गरे ।

भेडेटारमा पर्यटनक सम्बन्धीका भौतिक पूर्वाधारहरुको योजना पनि अगाडी बढीरहेको एशोसिएसनका निवर्तमान अध्यक्ष लावतीको भनाइ छ ।‘हामीले भेडेटारमा मासु र भात कोठामात्र बेचेका छैनौं’ उनले भने ‘हामीले यहाँको दिर्घकालिन पर्यटनको लागि भौतिक पूर्वाधारका कामहरु पनि तीनै तहको सरकारलाई घचघच्याउदै योजना अगाडी बढाइरहेका छौं ।’