काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत राष्ट्रिय सर्तकता केन्द्रको अनुगमनका क्रममा एक हजार ७ सय ६० कर्मचारी कारबाहीमा परेका छन् ।

केन्द्रका अनुसार चालू आर्थिक वर्ष सुरुवातदेखि मंसिर मसान्तसम्म स्थानीय तहका विभिन्न १ सय ६७ कार्यालयमा गरेका अनुगमनबाट कारबाही सिफारिस गरिएको हो ।

अनुगमनका क्रममा १ हजार ४ सय ४५ कर्मचारीले समय पालना नगरेको र ३ सय १५ ले तोकिएको पोसाक नलगाएको पाइएको छ । केन्द्रका सहायक प्रवक्ता डालनाथ अर्यालका अनुसार सिफारिस भएकामध्ये ५ सय २४ जनालाई मात्र कारबाही भएको छ ।

सिफारिस गरेका कर्मचारीलाई सम्बन्धित कार्यालयलाई कारबाहीका लागि सिफारिस गर्ने केन्द्रले धेरै कार्यालयले कर्मचारीलाई कारबाहीमा ढिलाइ गरेको भन्दै कार्यालय प्रमुखलाई नै सिफारिस गर्ने तयारी गरेको छ ।