झापा: झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ३ को बिच भाग भएर बग्ने सुखानी नदीमा पुल वन्ने पक्का भएको छ ।

सुखानी नदीमा पुल नहुदाँ त्यस भेगका जनता वर्षयाममा आवतजावत गर्न घुमाउरो बाटो प्रयोग गर्न बाध्य छन । सुखानी नदीमा यसै आर्थिक वर्षवाट स्थानीय सरकारको पहलमा पुल निर्माणको प्रक्रिया सुरु भएको छ । अर्जुनधारा नगरपालिकाको वडा नम्बर ३ मा पर्ने सुखानी खोलाले वडालाई बिच भागमा चिरेकोे छ । हिउदमा सुख्खा देखिने यो नदिले वर्षाको समयमा भने यस क्षेत्रका नागरिकहरुले सास्ती भोग्न वाध्य छन । वर्षायाममा बिद्यार्थीलाई बिद्यालय आवतजावत गर्न मात्र हैन विरामी पर्दा हस्पिटल जान समेत समस्या हुने गरेको छ । सुखानी खोलामा पुल नहुँदा यस भेगका नागरिकहरुकोे ज्यानै जोखिममा पर्ने परेको छ ।

sukhani3

सुखानी खोलामा करिब १७ बर्ष अघि निर्माण गरिएको कज्वे पनि जिर्ण भइसकेको छ । गएको वर्षायाममा खोला तर्नका लागि स्थानीयले बाँसको पुलको निर्माण गरेका छन् । जस्ले अस्थाई रुपमा केहि सहज भएता पनी निरन्तरको वर्षातका कारण पुल वगाउने गरेको छ । सुखानीे खोलामा स्थानिय सरकारको पहलमा पुल निर्माण हुने भएपछी स्थानीयहरुको मुहारमा खुसी छाएको छ । स्थानीय सरकार र यो क्षेत्रका प्रदेश सांसद र संघीय सांसदहरुको पहलमा पुल निर्माण हुने जनाइएको छ । कुल लागत करिब २ करोडको लागतमा निर्माण हुन लागेको पुलको लागी यस क्षेत्रका प्रदेश सांसद र संघीय सांसदको पहलमा ५०, ५० लाख रुपैयाँ रकम विनियोजन भईसकेको वडा अध्यक्ष जिवकुमार भण्डारीले जानकारी दिए ।

sukhani2

हाल पुलको डिपिर तयारीको काम भईरहेको जनाइएको छ । डिपिआर निर्माणको चरणमा रहेको पुल १ बर्ष भित्रै निर्माण सम्पन्न हुने वडा अध्यक्ष भण्डारीले बताए । निर्माणको चर्चा सुरु भएसंगै यसभेगका स्थानीयहरुपनि पुल बन्नेमा विश्वस्त देखिन्छन् । सुखानी खोलामा पुल निमार्णले वडावासीलाई मात्र भई इलामको दानाबारी, मंगलबारे, जितपुर लगायतका बिभिन्न स्थानका नागरिकहरुलाई आवतजावतमा सहज हुने देखिन्छ ।