विर्तामोड: झापाको मेचिनगर नगरपालिकामा पर्ने धुलावारीमा पुष ९ गतेदेखि शुरु हुन लागेको तेस्रो अन्तराष्ट्रिय औद्योगिक ब्यापार कृषि तथा पर्यटन महोत्सबको तयारी अन्तिम चरणमा पुगेको छ ।

मेची उद्योग बाणिज्य संघको आयोजनामा सञ्चालन हुने महोत्सवको ९० प्रतिशत तयारी पुरा भईसकेको पत्रकार भेटघाट कार्यक्रममा संघका अध्यक्ष ऋषीराज तिम्सिनाले जानकारी दिए । तिम्सिनाका अनुसार मेलामा २ सय वटा स्टल बुक भैसकेको र बाँकी ८ वटा स्टल थप गर्ने तयारी भइरहेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रयाउने उद्देश्यसहित बिशेष कार्यक्रम तय भएको बताईएको छ ।

dhulabari-festive

नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी आयोजना गरिएको महोत्सवमा नेपाल लगायत भारतका दार्जिलिङ, आसाम तथा पश्चिम वंगाल र भुटानबाट पनि पर्यटकहरुको आवागमन हुने जनाइएको छ । पर्यटकलाई आकर्षण गर्न हेलिकप्टबाट झापा भ्रमण गराइने साथै पर्यटकको इच्छा अनुसार इच्छुक पर्यटकहरुलाई ताप्लेजुङ्गस्थित पाथीभरा देवीको दर्शन गर्ने ब्यवस्था समेत मिलाइएको आयोजकले बताएको छ ।