र्तामोड: सँस्कृति,पयर्टन तथा नागरिक उडयन मन्त्रालय र नेपाल नागरिक उड्यन प्राधिकरणको करीब ६ अर्व लगानीमा झापाको भद्रपुर नगरपालिकास्थित चन्द्रगढी एयरपोर्ट अत्याधुनिक वन्ने भएको छ ।

मेचि अञ्चालकै पहिलो तथा पुरानो बझापाको भद्रपुरमा रहेको विमानस्थल उच्च प्रविधिसहित अत्याधुनिक बन्दै गएको छ । विमानस्थलको स्तरोन्नतिको लागि सँस्कृति,पयर्टन तथा नागरिक उडयन मन्त्रालय र नेपाल नागरिक उड्यन प्राधिकरणले गुरुयोजना अुनसार झण्डै ६ अर्व लगानीको योजना अघि बढाईरहेको छ । चार दसक पुरानो भवनमा संचालन हुँदै आएको चन्द्रगढी विमानस्थल अत्याधुनिक एयरपोट निर्माण गर्न स्तरोन्नतीको काम तिव्र रुपमा अगाडि वढेको छ ।

यो विमानस्थल ६२ विगाह क्षेत्रफलमा संचालन हुँदै आएको छ । विमानस्थललाई अत्याधुनिक बनाउन ९७ विगाह जग्गा थप अधिग्रहण गर्ने तयारी छ । यस्तै, सुरक्षित प्रविधियुक्त नयाँ भवन निर्माण गर्ने योजना पनि छ । एकातिर विमानस्थलको स्तरउन्नतीले खुसी वनेको भद्रपर नगरपालिका वडा नं. ८ का नागरिकहरु सुधार योजना अनुसार विमानस्थलको गेट उत्तरी क्षेत्रमा सार्न लागिएको सन्दर्भमा भने गेट परिवर्तन नगर्न आग्रह गरेका छन् ।

airport

२०२१ सालमा स्थापना भएको विमानस्थलको गेट सञ्चालनको सुरुवाती समय देखीनै दक्षिण क्षेत्रमा रहेको छ । स्थानीय नागरिकहरुले जग्गाको दानसँगै लगानीको सुरक्षा र सम्मान गर्न जनप्रतिनिधि, उद्योग बाणिज्य संघ लगायतका निकायहरुले सरोकारवाला निकाय र मन्त्रालयमा समेत आग्रह गरेकय छन् । विमानस्थल स्तरउन्नतीको १० वर्षे गुरुयोजना अनुसार अत्याधुनिक एयरपोर्ट वनाउनका लागि झापा जिल्ला प्रसाशन कार्यालय, स्काउट नेपाल, नेपाली सेना ब्यारेक, जिल्ला कारागार लगायका भवनहरु विमानस्थलको प्रभावित क्षेत्रमा पर्ने भएको हुँदा अन्यत्र ब्यवस्थापन गर्ने योजना समेत सञ्चालन हुदैछ । हाल चन्द्रगढी विमान स्थलबाट भारत, भूटान, बर्मा, वंगालादेश र नेपालका दैनिक करिव ११ वटा उडान सञ्चालन हुँदै आएका छन् ।