धरान: करिब डेढ बषअघि धारिलो खुकुरीले आक्रमण गरी फरार रहेका धरानका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालयले धरान १५ का २१ बर्षीय विष्णु बेघालाई हिजो सोमबार पक्राउ गरेको हो । उनलाई पक्राउ गरी जिल्ला अदालत सुनसरीमा पेश गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएका छ । प्रहरीका अनुसार उनले २०७५ साउन १५ गते धरान १५ का सुनिल धमला र २०७५ चैत ७ गते धरान ५ देउरालीका २३ बर्षीय सुजन भुजेललाई खुकुरीले आक्रमण गरी फरार भएका थिए । प्रहरीले उनीविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गराएको थियो ।