धरान: भोली बिहिबार खण्डग्रस सुर्यग्रहण लाग्ने भन्दै धरान उपमहानगरपालिकाले शैक्षिक संस्थाहरुलाई विदा दिने निर्णय गरेको छ ।

सुर्य ग्रहण लाग्ने भएकोले सम्पुर्ण शिक्षण संस्थाहरुलाई उपमहानगरपालिकाले विदा दिने निर्णय गरेको हो । उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले एक सुचना जारी गरी विदाबारे जानकारी दिएको छ । महाशाखाका अधिकृत रामचन्द्र कार्कीका अनुसार हिजो मंगलबार सुर्यग्रहणको दिन शिक्षण संस्था विदा दिनेबारे नगरप्रमुख स्तरीय निर्णय भएको हो ।

यस्तै, विराटनगर महानगरपालिकाले भने शिक्षण संस्थाहरुसँगै महानगरपालिकाको कार्यालय र वडा कार्यालयहरुमा पनि विदा दिने निर्णय गरेको छ । महानगरको प्रशासन शाखा प्रमुख केवल पोखरेलले आज बुधबार सुचना जारी गर्दै यस्तो जानकारी दिएका हुन् ।