झापा : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीको निजी माछा पोखरी उद्घाटन गरेका छन । सोहि अवसरमा उनले सरकारको राष्ट्रिय संकल्प 'समृद्ध नेपाल, सुखी नेपाली' को परिकल्पना पुरा गर्न सबै नेपालीलाई एकजुट हुन समेत आग्रह गरेका छन ।

झापाको विर्तामोडमा बुधबार मेयर शिवाकोटीको निजी लगानी रहेको हेबन वाटर पार्कको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले राष्ट्रिय लक्ष्य हासिल गर्न सम्पुर्ण नेपालीको योगदान हुनुपर्नेमा जोड दिए । मुख्मन्त्री राईले 'समृद्ध नेपाल, सुखी नेपाली' सरकारको लक्ष्य भन्दा पनि हामी सबैको लक्ष्य मानेर अगाडि बढे राष्ट्रिय संकल्प पुरा हुने वताएका छन । कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश नम्बर १ का १ सय ३७ वटा स्थानीय तहमध्ये विर्तामोड नगरपालिका नमूना नगर रहेकोे धारणा राखेका थिए ।

Haven-waterpark-

प्रदेश नम्वर १ लाई अग्र्यानिक माछामा आत्मनिर्भर बनाउन सार्वजनिक पद धारण गर्नुभएका विर्तामोड नगरपालिकाका मेयर तथा वाटर हेबन पार्कका सञ्चालक ध्रुवकुमार कुमार शिवाकोटीले सकारात्मक भूमिका खेलेको भन्दै मुख्मन्त्री राईले प्रशंसा गरे । बुधबारबाट निक्कै तामझामका साथ औपचारिक रुपमा उद्घाटन भएको पार्कमा ५ दिन फिस फेस्टिफल सञ्चालन हुने बताईएको छ । फेस्टिफलमा ३५ भन्दा वटी प्रकारका माछाका परिकार उपलब्ध हुने आयोजकले बताएको छ ।