धरान : नेपाली कांग्रेस खेलकुद क्षेत्र समन्वय समिति धरानले मेयर तिलक राईको कार्यकक्षमा धरानको खेलकुद संग सम्बन्धी ११ बुँदे प्रतिवद्धता पत्र राखेको छ ।

गत मंसिर ९ गते उपनिर्वाचनको पुर्वसन्ध्यामा-१० स्थित शैनिक भवनमा सम्मान तथा प्रतिवद्धता कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेस खेलकुद क्षेत्र समन्वय समिति धरानले मेयरका प्रत्यासी उम्मेद्वार तिलक राइलाई एक प्रतिवद्धतापत्रमा हस्ताक्षर गराएको थियो । सोहि प्रतिवद्धता पत्र विहिबार मेयर तिलक राईको कार्यकक्षमा राखिएको खेलकुद क्षेत्र समन्वय समितिका संयोजक किशोर राईले जानकारी दिए । नेपाल ब्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष चन्द्रशेखर लामा, नेपाल टेबलटनिस संघका पूर्व केन्द्रिय उपाध्यक्ष राजुमान श्रेष्ठ, कराते राष्ट्रिय प्रशिक्षक दिपेश शाक्य, बडी विल्डिङ केन्द्रिय उपाध्यक्ष प्रेम प्रकाश थेवे लगायतको उपस्थीतीमा समितिले नवनिर्वाचित मेयर राईलाई शुभकामना दिदै आगामी कार्यकाल सफलहुने आशाब्यक्त गरेको संयोजक किशोर राईले बताए ।

dharan-1

एघार बुँदे प्रतिवद्धतामा त्यस्तो के छ ?

१. धरान खेलकुदको शहरको रुपमा नगरपालिकाद्वारा घोषणा गरिनु पर्ने र यसलाई विधिवत रुपमा सञ्चालनगर्न सबै खेल विद्यालाई सम्बोधनहुने गरी समाबेशी विद्यान निर्माण गरिनुपर्ने ।
२.आजको २१ औं शताब्दीमा ‘स्पोर्ट इज विजनेस’ को लक्ष्य लिई समग्र खेलकुदको विकास तथा खेलाडी र खेलकर्मी को जीवनयापनलाई सहज र सरल बनाउन व्यावसायि करणलाई जोड दिने ।

३. खेल संघको सक्रियतामा पदक जित्न सक्ने सम्भावित खेलकुदलाई पहिचान गरी प्राथमिकताका साथ प्रशिक्षक एवं प्रशिक्षण प्रतियोगिताको व्यवस्था गर्ने ।
४. धरानलाई खेलकुद क्षेत्रबाट राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चिनाउने व्यक्तित्वहरुको अभिलेखन सहितको स्पोर्टस पार्क बनाउने साथै स्पोर्टस एकेडेमी सञ्चालनगर्ने ।
५. विद्यागत उत्कृष्ट वर्ष खेलाडी र उत्कृष्ट महिलालाई वर्ष खेलाडी र एकजना सर्वोत्कृष्ट महिला धरान वर्ष खेलाडी घोषणा गरी वर्ष खेलाडीका रुपमा पुरस्कृत गर्ने र समग्र खेलबाट एकजना सर्वोत्कृष्ट धरानवर्ष खेलाडी घोषणा गरी पुरस्कृत गर्ने ।

६. खेलकुद क्षेत्रलाई नगरपालिकाको अभिन्नअंगको रुपमा स्थापित गरी समग्र खेलकुदको विकासको निम्ति समावेशी बजेट विनियोजन गरी कार्यान्वयन गर्ने तथा अनुगमन गर्ने ।

७.हाल धरान उपमहानगरपालिकाको स्वामित्व, जिल्ला खेलकुद विकास समिति, स्कुल, कलेज, वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, संघसंस्थातथाक्लबहरुको स्वामित्वमा रहेको खेलकुदका पुरानाभौतिक संरचनाहरुलाई मर्मत, स्तरोन्नति गर्न सम्बन्धित खेल तथा संघसंस्थासँग छलफल गरी ठोस योजनाका साथ भौतिक संरचनाको स्तरोन्नति गर्ने । नयाँ भौतिक संरचना निर्माण गर्न धरान उपमहानगरबाट आवश्यक बजेट विनियोजित गर्नुका साथै भौतिक संरचनाको प्रस्ताव प्रदेश सरकार र संघीय सरकार समक्ष पेश गर्ने । वैदेशिक सहयोग प्राप्तहुन सक्ने दाताहरुसँग सहकार्य एवं सहयोगको लागि पहलगर्ने ।

८. लामो समयदेखि स्वयमसेवक प्रशिक्षकको रुपमा रहेको प्रशिक्षकहरुलाई उनीहरुको नियमितता, क्षमता र योगदानको मूल्यांकन गरी नगरपालिकाको करार प्रशिक्षकमा नियुक्त गर्ने । प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता, मिस्टर धरान शारिरिक सुगठन प्रतियोगिता लगायत धरानमा विगत वर्ष देखि संचालित खेल प्रतियोगिताहरुलाई समयानुसार बजेट निर्धारण गरी निरन्तरता दिने ।
९.विगत लामो समयदेखि सञ्चालित राष्ट्रिय, अन्तराष्ट्रिय, प्रदेश, जिल्ला तथा स्थानीय प्रतियोगिताहरु जस्तै बुढासुब्बा गोल्डकप, वीपी कोइराला मेमोरियल अन्तराष्ट्रिय कराँते प्रतियोगिता, होराइजन बास्केटबल प्रतियोगिता, प्रदेश नं. १ स्तरिय ब्याडमिन्टन प्रतियोगिता, गोधुलीकप, तरुण बक्सीङ, धरानओपन ब्याडमिन्टन च्याम्पियनसिप, बुढासुब्बा बडिविल्डिङ राष्ट्रिय प्रतियोगिता, राष्ट्रिय जुनियर टेबुल टेनिस प्रतियोगिता, सुर्य नेपालगल्फ, मेयरकपखुल्ला साइकलिङ प्रतियोगिता, जिल्ला स्तरिय महिला बास्केटबल प्रतियोगिता आदिलाई समयानुकल थप बजेट विनियोजन गर्ने तथा सम्पूर्ण खेल संघलाई वार्षिक कार्ययोजना बनाउन लगाई आवश्यक बजेट विनियोजन गरी कार्यान्वयनका साथै प्रभावकारी अनुगमनको व्यवस्थागर्ने ।

१०. धरान उपमहानगरपालिका भित्र कुनै पनि खेल प्रतियोगिता सम्पन्नगर्दा आवश्यक मर्यादित, व्यावसायिक एवं रोजगारीको अवसर सृजनागर्ने ।

११. नेपाली कांग्रेस धरान उपमहानगरपालिका खेलकुद क्षेत्र समन्वय समिति २०७६ मंसिर १४ को उपनिर्वाचन पश्चात पनि निरन्तर गतिशिल रहनेछ ।