झापा : झापाको दमकमा रहेको एडभान्स मल्टिस्पेसलटी अस्पतालले जटिल प्रक्रियाको सल्यक्रिया गरी एक बिरामीको सफल उपचार गरेको छ ।

अस्पतालले १० दिन अघि झापा गौरिगञ्ज ३ का ६७ वर्षिय सबारी शाहको पेटको जटिल सल्यक्रिया गरेको हो । शाहको पेटमा क्रोनिक अल्सरका कारण आमासयबाट आन्द्रामा जोडिने प्लाल बन्द भएको थियो । खाएको कुराहरु पेटमा नपुग्दा बोमिट हुने र पेटमा घाउ भएर शिकिस्त भएका बिरामी शाहको पुरै पेटलाई चिरेर आमासयलाई सानो आन्द्रामा जोड्ने सल्यक्रिया सफल रुपमा गरिएको ईन्डोस्कोपि विषेशज्ञ तथा सर्जन डाक्टर रविनरत्न रञ्जितकारले बताए ।
शाहको पुरै पेटलाई चिरेर गरिएको यस प्रकारको शल्यक्रिया अत्यन्तै जोखिमपुर्ण भएको चिकित्सकहरुले बताएका छन् । जेष्ठ नागरिकहरुलाई पुरै बेहोस बनाएर अप्रेसन गर्दा जोखिम धेरै हुने भए पनि सफलता पुर्वक अप्रेसन गरिएको डाक्टर रञ्जितकारले बताए । अस्पतालमा केहि समय अघि मात्रै ल्याईएको अत्याधुनिक मेसिनका कारण जोखिमपुर्ण अप्रेसन पनि सफलता पुर्वक गरिएको उनले बताए । यस्तो अप्रेशन दमकमा पहिलो पटक गरिएको अस्पतालको दाबी छ । विरामीलाई ३ घण्टाको अप्रेसनपछि ७ दिनसम्म आईसियुमा राखेर घाँटीबाट पाईप छिराई नशाबाट खाना दिनु परेको बताइएको छ । यस प्रकारको सल्यक्रियामा खर्च धेरै हुने भए पनि स्वास्थ्य बिमाबाट सरल खर्चमा बिरामीको उपचार गरिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पचालको उपाचारबाट सन्तुष्ट भएका बिरामी शाह यस अघि नेपालका विभिन्न अस्पतालका साथै भारतमा पनि उपचार गराएको तर यस अस्पतालको उपचार पछि पूर्ण रुपमा स्वास्थ्य भएको बताएका छन् ।
एड्भान्स अस्पतालले पछिल्लो समय अत्याधुनिक मेसिनहरु भित्राएसंगै जटिल प्रकारका शल्यक्रियाहरु पनि सहज रुपमा गराउन सकिएको अस्पतालका सञ्चालक चैतन्य बरालले बताए । सबै प्रकारका विरामीहरुको सहज उपचारको लागी अस्पतालले सेवामा आधुनिक प्रविधिहरु ल्याइरहेकोले कुनै पनि बिरामीले उपचारको लागी अन्यत्र जानु नपर्ने गरी सेवा बिस्तार गरिएको पनि सञ्चालक बरालले बताए ।