विर्तामोड: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नेपाल सरकारले नै क्यान्सर सेन्टर बनाउने निर्णय गरेर झण्डै ३ बर्षअघि बजेटसमेत विनियोजन गरेको थियो । क्यान्सरसँगै मातृशिशु र कार्डियो सेन्टर पनि बन्नेवाला थियो ।

तर, प्रतिष्ठानको पदाधिकारीबीचको वेमेल र राजनीतिक खिचातानीले २/ २ सय बेडको क्यान्सर र मुटु रोग सेन्टर बन्छ कि बन्दैन भन्ने कुनै टुंगो छैन । निर्माण शुरु भएको ४ सय बेडको मातृशिशु भवन पनि अलपत्र छ । सरकारी योजना अलपत्र भएको मौकामा निजी अस्पतालहरुले भने धमाधम योजना अघि बढाइरहेका छन् । झापाको विर्तामोडमा अत्याधुनिक ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । अस्पतालले पुस १६ गतेदेखि रेडिएसनसहित क्यान्सरको उपचार गर्ने तथा फागुन १८ गतेदेखि पूर्णरुपमा सञ्चालनमा आउने जनाएको छ ।

cancwe

अस्पतालले पत्रकार सम्मेलन गरी पुस १६ गतेदेखि रेडिएशनसहितको उपचार सञ्चालनमा ल्याउन लागेको जानकारी दिएको हो । पूर्वाञ्चल क्यान्सर अस्पताल दक्षिण एसियाकै नमूना क्यान्सर अस्पताल भएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईको दाबी छ । ४ यस करोडको लगानीमा सञ्चालनमा आउन लागेको अस्पताल एक विगाहा क्षेत्रफलमा अवस्थित रहेको छ ।

३ सय वेडको स्वीकृति पाएको अस्पताल पूर्ण रुपमा सञ्चालनमा आएपछि प्रत्यक्ष रुपमा ९ सय जनाले रोजगारी पाउने कार्यकारी निर्देशक प्रसाईले बताए । अस्पतालमा जुनसुकै क्यान्सरका रोगीका लागि अत्याधुनिक उपकरणसहितको सेवा उपलब्ध रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. विरेन्द्र यादवले जानकारी दिए ।