इटहरी: सिद्धबाबा भनिने कृष्णदास गिरीविरुद्धको मुद्दा बुझाएको भोलिपल्ल्ट अर्थात शुक्रबार अदालतले बयान लिएको छ । बलात्कारको आरोप लागेका मंसिर १६ गते पक्राउ परेका गिरीविरुद्ध २५ दिनपछि प्रहरीले शुक्रबार गिरीको बयान लिएको हो ।

शुक्रबार बयान सक्किएसंगै गिरीको थुनछेक बहस आइताबारदेखि सुरु हुनेछ। आफ्नै महिला अनुयायीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका कृष्णबहादुर गिरी उर्फ कृष्ण दास 'सिद्धबाबा' लाइ गत कात्तिक ४ गते प्रहरीले पक्राउ गरेको थियो । सुविधा सम्पन्न क्याबिनमा बस्दै आएका सिद्दबाबाले केहि समय अगाडी पिडित महिलालाई मुद्दा फिर्ता लिन माफ माग्दै गरेको फोन समेत उनैको भन्ने प्रमाणित समेत भएको छ । सिधाकुरा जनता संग कार्यक्रम मार्फत सार्वजनिक भएको अडियोमा सिद्दबाबाले पीडित महिलालाई टेलिफोन गरी मुद्दा फिर्ता लिन माफी मागेका थिए ।

रुँदै मुद्दा फिर्ता लिन दबाब दिएको टेलिफोन सम्बाद पीडित महिलाले रेकर्ड गरेकी थिइन् । प्रहरीको विधि विज्ञान प्रयोगशालाले महिलाले रेकर्ड गरेको अडियो सिद्धबाबाकै भएको पुष्टि गरेको हो । प्रहरीको अभियोग पत्रमा ७६.९ प्रतिसत स्वर र स्पिकर ९९ प्रतिसत मिलेको प्रतिवेदनमा उल्लेख छ । अनुयायीमाथि करणी गरेको आरोप लागेका गिरीले करिब एक घण्टा २० मिनेट फोन गरी मुद्दा फिर्ता लिन भनेका थिए ।

सामान्यतया ५० प्रतिशत भन्दा माथि आवाज म्याच हुँदा प्रमाण मान्न सकिन्छ । सिद्धबाबाको हकमा भने ७६.९ प्रतिशत आवाज म्याच भएको प्रतिवेदनमा देखिन्छ । फोन सम्पर्कमा मुद्दा फिर्ता लिन भन्दै म बाट गल्ति भयो,माफ गरिदेउ भनेका थिए । अडियो सार्वजनिकपछि रेकर्ड आफ्नो नभएको दाबी गरेका गिरीले आफू लिङ्ग काट्न तयार रहेको बताएका थिए ।

लुतोको औसधि खादै बाबा

जवरजस्ती करणीको आरोप लागेको सिद्धबाबा भनिने कृष्णदास गिरी अहिले बिराटनगरको बिराट नर्सिङ होममा छन् । अस्पतालले उनलाई हर्ट अट्याक भएको दाबी गदै उपचार भइरहेको जनाएको छ । आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबाले हर्ट अट्याक भएको भन्दै चिकित्सकको रिपोर्टका आधारमा हिरासतको समय अस्पतालको बेडबाट नै कटाएका पनि थिए ।

तर गिरीको मुटु सम्बन्धि उपचारको लागि आबश्यक औषधीभन्दा गिरीको उपचारमा पनि दाद-लुतोको औषधि बढी प्रयोग भएको पाइएको छ । अस्पतालबाट प्राप्त औषधिको विवरणअनुसार कृष्णदासको नाममा ‘एलेग्रा,’ ‘एलजेरो’, ‘लुलिकेम क्रिम’ जस्ता छालाको समस्यामा प्रयोग हुने औषधि फार्मेसीबाट बढी खरिद भएका छन् ।

अदालत भन्छ,'प्रहरी संगै छन् सिद्दबाबा'

सुबिधा सम्पन्न अस्पतालको कोठामा बस्दै आएका गिरी अदालतको आखामा भने प्रहरी हिरासतमै छन् । छाला सम्बन्धि औषधि प्रयोग गर्ने प्रमाण भेटिदा हर्ट अट्याक भएको बहाना बनाउदै आएका गिरी अदालतका अनुसार भने प्रहरीको आफ्नै हिरासतमा छन् । अदालतले बयान सकीएपछि संचारकर्मिको प्रश्नमा अदालतका श्रेस्तेदार नरेन्द्र केशरी पोखरेलले अदालतले प्रहरी संगै अभियुक्तलाइ पठाएको बताए ।'अस्पताल भनेर भनेका छैन हामीले प्रहरी संगै अभियुक्तलाई पठाएका छौ,'उनले भने ।