इटहरी :  सुजुकी ब्रान्डका गाडीको इटहरीकालागी आधिकारिक विक्रेता एब्सुल्युट अटो इटहरीले आज पुस १२ गते शनिबार ‘सुपर स्याटरडे’को आयोजना गर्ने भएको छ ।

आज १ दिन सुजुकीका चारपांग्रेको खरिद गर्ने ग्राहकले विशेष अफर पाउनुहुनेछ । ‘सुपर स्याटरडे’ मा ग्राहकले नियमित सोरुम पाउने छुटभन्दा बढी नगद छुट पाउने कम्पनीले जनाएको छ । साथै, ग्राहकहरुले सो दिन अधिकतम एक लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क विमा र स्वामित्व हस्तान्तरणको सुविधा पनि पाउने एब्सुल्युट अटो इटहरीका म्यानेजर कुशल शर्माले वताए ।

यो अफर पुस १२ गते एक दिनका लागि मात्र देशभरका सबै ३६ वटा डिलरसिपमा लागू हुने कम्पनीले जनाएको छ । नेपालमा सुजुकी गाडीको सबैभन्दा ठूलो ‘प्रडक्ट रेन्ज’ रहेको छ । हाल नेपालमासुजुकीको अल्टो, एसप्रेसो, सेलेरियो, वागन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, इर्टिगा, एक्सएल६, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडेलको विक्री गर्दै आएको छ ।

एब्सुल्युट अटो इटहरीले यो स्पेशल अफर ग्राहकलाई निकै लाभदायी हुने र यो अबसरमा १५ देखि २० वटा सम्म गाडी बुकिङ गर्ने लक्ष्य रहेको जनाएको छ ।