इटहरी : बलात्कार अरोप लागेका सिद्धबाबा भनीने कृष्ण बहादुर गिरीको शुक्रबार बयान सकियो । सिद्धबाबाको बयान भन्दा सुनसरी जिल्ला अदालत परीसरको दृष्य अचम्मलाग्दो देखियो ।

बहुसंख्यक महिलाहरु नै भएको एक टोली सिद्धबाबालाई फसाउन खोजिएको भन्दै बचाउको माग गर्दै नारा लगाइरहेका थिए । त्यसको १५ मिटर पछाडी बलात्कारी सिद्धबाबालाई फासी दे भन्दै आवाज चर्किदै थियो । केही क्षण ठुलो स्वरमा नारा घन्कीयो । अदालत परिसर अगाडीको सडक नै जाम गरेर दुवै थरीले नारा लगाए । केही समय पछि जिल्ला अदालत सुनसरीको गेट अगाडी दुवै समुहको भेट भयो । दुवै समुहको जुवारी चल्न थाल्यो ।

एकातिरबाट श्रीराम जय राम जय जय राम ! सिताराम सिताराम ! भने अर्कातिर बलात्कारीलाई फासी दे, ढाेंगी बाबा चाहिदैन भन्ने नारा चलिरह्यो । करीब दुई घण्टा सम्म ठुलो स्वरमा घन्कीएका यिनै नाराहरु विस्तारै शिथिल हुदै गए । एउटी महिला अनुयायीमाथी बलात्कार भएको बिषय अदालतमा बिचाराधीन अवस्थामा छ । तर अदातल बाहिर भने अभियुक्तलाई बलात्कारी र महान् सिद्धबाबा भनेर उपमा दिइएको थियो । पिडीत महिलानै भएपनि महिला आफैनै दुई ध्रुवमा बिभाजीत भएका थिए ।

krishhna-das

२५ दिन अगाडी पक्राउ परेका उनको शुक्रबार अन्तिम म्याद सकीएको थियो । सोही दिन उनलाई बयानको लागी जिल्ला अदालत सुनसरी उपस्थिती गराइएको थियो । शुक्रबारै थुनछेक बहस हुने भनिए पनि बयानमा लामो समय लागेकोले बहस आइतबारलाई सर्यो ।

अदालत भित्र १ नम्बर बेन्चमा न्यायधिश राधाकृष्ण उप्रेती समक्ष उनले बयान दिन क्रम चलिरहेको थियो । सोही बेला चतरा आश्रमबाट बस रिजर्भ गरेर आएका उनका अनुयायीहरुले रिहाईको माग गर्दै प्रदर्शन गरेका हुन् । करिब २ सयको संख्यामा उपस्थित अनुयायीहरुले अदालत अगाडी गरेको नाराबाजी सबैको केन्द्र बनेको थियो । आश्चर्यचकित वकिलहरु पनि दर्शकको रुपमा सामेल भएको थिए । अनुयायीले अगाडी ‘जगद्गुरु रामानुजाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबाको जय जय जय !’ लेखीएको व्यानर बोकेका थिए । कुनैपनि स्त्रीलाई नछुने प्रतिज्ञा गरेपछी सिद्धबाबाको उपाधी दिइने भएकोले पवित्र सिद्धबाबालाई फसाउन खोजीएको उनीहरु बताइरहेका थिए ।

krishna 1

त्यही बिचमा प्रहरीले आफ्नो उपस्थिती बाक्लो बनायो । तर हिंसा भड्कीने भन्दै आन्दोलन माथी हस्तक्षप गर्नभने सकेन । बरु केही पर गएर नारा लगाउन भन्यो । अदालतको गेटमा बसेर सुन्दा बलात्कारी लाई फासी दे ! र हिन्दुराज्य जिन्दाबाद, रामराम हरेहरे बिच चर्को प्रतिप्रधा भएको भान हुन्थ्यो । कस्को स्वर चर्को हुने र कसले धेरै कराउन सक्ने भन्ने प्रतिस्प्रर्धा हिजो शुक्रबार सुनसरी जिल्ला अदालतको परिसरमा देखियो ।

अदालतले बयान सकिएपछि संचारकर्मीसंग कुरा गर्दै अदालतका श्रेस्तेदार नरेन्द्र केशरी पोखरेलले अदालतले प्रहरीसंगै अभियुक्तलाई पठाएको बताए । बाबालाई प्रहरी भेनमा अदालत परिसरमा निकाल्दै गर्दा झनै ठुलो स्वरमा राम नाम गुन्जीयो । उता अधिकारकर्मी महिलाहरुले भने बलात्कारी बाबा मुर्दाबाद भन्न छाडेनन् ।