इटहरी: उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ(हिसान) सुनसरीको चौथो साधारण सभा सम्पन्न भएको छ ।

सुनसरी भरि रहेका उच्च शिक्षालयहरुको संगठन हिसानले सुनसरीको इटहरीमा रहेको इटहरी बेक्युटमा आफ्नो बार्षिक साधारण सभा सम्पन्न गरेको हो । हिसान सुनसरीले पठन–पाठनलाई अझ गुणस्तरीय बनाउन प्रत्यक बर्ष हिसान सुनसरीमा सदस्य बिद्यालयहरुका बिद्यार्थीका लागी प्रि–बोर्ड परिक्षा सञ्चालन गर्दै आएको छ । त्योसंगै पठनपाठन मात्र नभएर अत्तिरित्त क्रियाकलाप अन्र्तगत हिसान स्पोर्टस मिट खेलकुदको आयोजना गर्ने गरेको छ । बिद्यालय तथा बिदार्थीको शैक्षिक स्तरलाइृ बृद्धि गर्न समय समयमा बिभिन्न कार्यक्रमको आयोजना गर्ने गरेको सचिव सागर भट्राईले जानकारी दिए ।

हिसानले बेलाबेला हाजिरी जबाफ, नृत्य, व्याटमिन्टन लगायतको प्रतियोगिता समेत गर्ने गरेको छ । उच्च शिक्षालयहरुको यो संगठनले गर्दा सुनसरीलाई शैक्षिक हब बनाउन सहज बनाउनुका साथै शैक्षिक संसथाहरु बिच स्वच्छ प्रतिस्पर्धा समेत गर्न सहज भएको संस्थाका अध्यक्ष मुकुन्द घिमिरेले बताए । यो साधारण सभाबाट नयाँ कार्य समितिको पनि चयन भएको छ ।

कार्यसमितिमा मुकुन्द घिमिरे अध्यक्ष, बरिष्ठ उपाध्यक्षमा राजकुमार राई, उपाध्यक्ष पेशल पोख्रेल, गणेस दुलाल, सचिवमा सागर भट्राई, सह सचिव रमेशबाबु थापा, कोषाध्यक्ष नेत्र सुवेदी, सह कोषाध्यक्ष हेमन्त भण्डारी चयन भएका छन् । इतै, सदस्यहरुमा मुक्ती सुवेदी, विशाल कर्की, रमेश दाहाल, सन्तोष राई, सालिक सतासक राई ,देबेन्द्र बिष्ट र राम चौधरी चयन भएका छन् ।