इनरुवा : बलात्कार आरोपमा पक्राउ परेका कृष्ण बहादुर गिरी उर्फ सिद्धबाबाको थुनछेक बहसमा हुलहुज्जत हुने भएपछी अदालत बाहिर निषेधाज्ञा जारी गरेको छ ।

शुक्रबार अदालती बयान सकिएको र आज गिरीको थुनछेक सुरु हुन लाग्दा निषेधाज्ञा जारी गरेको हो । शुक्रबार अदालतले बयान लिन क्रममा देखिएको धर्ना कार्यक्रम आज पनि अदालतमा देखिएको छ । सिद्धबाबाको पक्षमा र विपक्षमा भएको आन्दोलन भएको थियो । आज भने पक्षका मान्छेहरु मात्र अदालत बाहिर हरेराम भजन सहित धर्नामा छन् ।

गाडी नै रिजर्भ गरेर सिद्धबाबाका समर्थकहरु दश बजे नै अदालत बाहिर पुगेका हुन् । रातो, पहेलो झन्डा सहित आएका समर्थकहरु अदालत बाहिर हनुमान चालिसा र हरेराम भजन गाउदै दबाब दिइरहेका छन् । प्रहरीले कृष्ण बहादुर गिरीलाई एघार बजे एम्बुलेन्सबाट अदालतमा हाजिर गराएको छ । गिरीलाई बिराट नर्सिङ होमबाट एम्बुलेन्समा अदालत ल्याएको हो ।