विर्तामोड: राणाकालीन इतिहाससँग जोडिएको झापाको कमल गाउँपालिका वडा नं. २ मा पर्ने क्याम्पा बजार यतिवेला सुनसान बन्न थालेको छ ।

यस वजार क्षेत्रको स्तरोन्नति हुन नसक्दा पुरानो बजारको स्वरुप समेत मेटिन थालेको छ । राणाकालीन समयको इतिहास बोकेको पुरानो तोपगाछी क्याम्पा बजार पूर्व पश्चिम महेन्द्र रागमार्गको केर्खा वजारबाट करिब ५ किलोमिटर दक्षिण झरेपछी पुगिन्छ । जिल्लामा क्याम्पा वजार भन्दा पछि सञ्चालनमा आएका अन्य हाट वजारहरु स्तरोननती भइ विकासतिर लम्कीरहदा क्याम्पा बजार भने व्यवस्थित बन्ने कुनै लक्षण देखिएको छैन ।

नेपालका १५ औं प्रधानमन्त्री जुद्धशम्सेर राणाले शिकार गर्न क्याम्प खडा गरेको कारण यो ठाउँको नाम क्याम्पा बजार रहन गएको किम्वदन्ति रहेको छ । अहिले भने तोपगाछीको क्याम्पा बजार केवल किम्बदन्तीमा नै सिमित रहला कि भन्ने चिन्ता छ । बजारको उत्तरी भागमा तोप आकारको रुख भएकोले तोपगाछी र राणाका सेनाहरुले शिकार गर्न क्याम्प राखेकोले क्याम्पा बजार नामकरण भएको स्थानीयहरु बताउँछन् । यस तोपगाछी गाउँपालिकाको क्याम्पा बजारमा अहिले पनि पुराना घरहरु नै बढी भेटिन्छन ।

camp-bajar1

करिब २०१९ सालको मध्य तिर पूर्व पश्चिम महेन्द्र राजमार्गको रेखाङ्कन हुनु पूर्व विहीवार हाट लाग्ने गरेको यो क्याम्पा वजारमा निक्कै भिड लाग्नेगरेको स्थानिय खिनमायाँ श्रेष्ठ स्मरण गर्छिन् । त्यसबेला पहाडी क्षेत्रबाट पनि मानिसहरु हाट भर्न यो बजार आउने गरेका छन् । अहिले भने क्याम्पा बजार सुनसान छ । स्थानिय तहमा यस बजार क्षेत्रबाट नेतृत्व नहुदा यहाँ विकासका कुनै योजनाहरु नपरेको कारण बजारको महत्व घट्दै गएको स्थानीयबासीहरु बताउँछन् ।

लगभग २४ बर्षसम्म बजार क्षेत्रको जमिन केहि माफियाले अतिक्रमण गरेका कारणले पनि बजारको स्तरोन्नती हुन नसकेको बजार स्थानिय राजकुमार श्रेष्ठ बताउँछन् । यो क्याम्पा वजार हुँदै गौरादह नगरपालिकाको वडा नं. ९ मा पर्ने बैगुन्धुरा जाने १७ किलो मिटर बाटो कालोपत्रे गर्ने योजना परे पनि काम हुन सकेको थिएन । विगतमा वजेट परेर पनि फ्रिज भएको यो योजनाका लागि आर्थिक बर्ष २०७६÷०७७ मा भने पुन ७ करोड २३ लाखमा बाटो निर्माणको ठेक्का लागेर काम अगाडि वढेको छ ।

kamal