विर्तामोड: झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर २ स्थित मङ्गलबारे बजारको स्तरोन्नतिको कार्य शुरु भएको छ ।

बजारलाई व्यवस्थित गर्ने योजना अनुसार शिवसताक्षी नगरपालिकाको ७० प्रतिशत र स्थानीय जनसहभागीता मार्फत ३० प्रतिशत लागत साझेदारी कार्यक्रम मार्फत बजारको ढल निर्माण सँगसँगै बाटोमा पेभर्स लगाउने काम सुरु गरिएको छ । योजना सञ्चालनका लागि ७ सदस्यीय निर्माण उपभोक्ता समिति निर्माण गरिएको पनि नगरपालिकाले जनाएको छ ।

उक्त योजना सञ्चालनका लागि शिवसताक्षी नगरपालिकाको ३७ लाख १८ हजार ३ सय ५५ रुपैँया र स्थानीय जनसहभागीताको १५ लाख ९३ हजार ५ सय ८१ रुपैँयाको लागत साझेदारी रहनेछ । योजनामा बजारको नाला र ढलान गर्न लागिएको मङ्गलबारे बजार व्यवस्थापन समितीका अध्यक्ष भिम नेम्बाङले बताए ।